८ बैशाख २०८१, शनिबार
Follow Us

समतामा युवती मृत्यु प्रकरणः न्याय माग्दै प्रदर्शन

नेपालब्रिटेन डट कम्
८ असार २०७६, आईतवार १७:४४

काठमाडौँको बौद्धस्थित समता अस्पतालमा कार्यरत कर्मचारीको मृत्युपछि न्यायको माग गर्दै आफन्तले आज प्रदर्शन गरेका छन् । अस्पतालमा सरसफाइको काम गर्ने कर्मचारी बिमला तामाङको शङ्कास्पद मृत्यु भएको भन्दै आफन्तले महानगरीय प्रहरी वृत्त गौशला अगाडि प्रदर्शन गरेका हुन् ।

रामेछापको दोरम्बा स्थायी घर भएकी तामाङ यही असार ३ गते अस्पताल परिसरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । तामाङको गोजीमा तीर्थ र सङ्गीताको नाम लेखिएको कागज भेटिएको थियो । त्यसैलाई आधार बनाएर प्रहरीले उनीहरुलाई सोधपुछका लागि हिरातमा लिएको थियो ।

सोही विषयमा अनुसन्धानका लागि भन्दै सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र सङ्गीता केसीलाई प्रहरीले हिरासतमा लिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । प्रदर्शनकारी र अस्पताल प्रशासनबीच वार्ता गराउने पहल भइरहेको गौशाला प्रहरीले जानकारी दिएको छ ।