१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जनसम्पर्क समितिको डेनमार्क भेलामा पाँच कार्यपत्र प्रस्तुत

नेपालब्रिटेन डट कम्
८ असार २०७६, आईतवार १९:५४

लण्डन । नेपाली जनसम्पर्क समितिहरुको विश्वस्तरीय प्रशिक्षण कार्यक्रमको शनिबार दोस्रो दिनको कार्यक्रममा विभिन्न पाँच विषयका कार्यपत्र प्रस्तुत गरिएका छन् ।

नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाली जनसम्पर्क समिति, डेनमार्कको संयोजन तथा व्यवस्थानमा डेनमार्कमा सम्मेलनको आयोजना गरिएको हो । प्रशिक्षणमा पहिलो प्रस्तुति डेनमार्कका पूर्वसांसद एव डेनमार्कको समाजवादी लोकतान्त्रिक पार्टीका नेता युल्डिज अक्डगनले ‘समाजवाद ः युरोपको अनुभव’ विषयमा प्रशिक्षण दिनुभएको प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जानकारी दिनुभयो ।

दोस्रो प्रस्तुति काँग्रेस नेता भीष्मराज आङदेम्बेले ‘पार्टीका सिद्धान्तहरुको व्यावहारिक प्रयोग र अनुशासन’ र तेस्रो प्रस्तुति नेता डा मीनेन्द्र रिजालले ‘बदलिएको विश्व राजनीति, दक्षिण एशिया र नेपाल’ विषयमा प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै चौथो प्रस्तुति कान्ता रिजालले ‘अन्तर्राष्ट्रिय महिला आन्दोलन र नेपाल’ र पाँचौँ प्रस्तुति नेता धनराज गुरुङले ‘लोकतन्त्रमा नेतृत्व विकासको प्रश्न ः सन्दर्भ नेपाल’ विषयमा प्रशिक्षण दिनुभएको सचिव मुक्ति आचार्यले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रमका काँग्रेसमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा शशाङ्क कोइरालाले आफ्नो धारणा राख्नुभएको थियो । प्रशिक्षणको अन्तिम एवं तेस्रो दिन आइतबार थप विभिन्न विषयमा प्रशिक्षणका कार्यक्रम गरी कार्यक्रमको समापन हुने काँग्रेसले जनाएको छ ।