१५ चैत्र २०८०, बिहीबार
Follow Us

दुर्घटनामा दुईको मृत्यु

sarusaru
९ असार २०७६, सोमबार ०३:१४

विराटनगर : मोरङका अलगअलग स्थानमा भएका दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ ।

कानेपोखरी गाउँपालिका–७ छधारेमा आइतबार बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ७२०४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका मोरङकै सुनवर्षी नगरपालिका–२ का ३० वर्षीय भीम मोचीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी नगरपालिका–१० लक्ष्मीमार्गमा एउटाले अर्को मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा परेर शनिबार साँझ एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १६ प ३३३९ नम्बरको मोटरसाइकललाई सोही दिशबाट आउँदै गरेको को १७ प ६१४४ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा को १६ प ३३३९ नम्बरको मोटरसाइकल मोटरसाइकल चालक संखुवासभाको खाँदबारी नगरपालिका–१ का १८ वर्षीय मणिकुमार तामाङ र पछाडि सवार सुनसरी इटहरीका ३३ वर्षीय भोलाकुमार तामाङ घाइते भएका थिए ।

घाइते दुवै जनाको बेलबारी सामुदायिक अस्पतालमा उपचार भइरहेकोमा उपचारका क्रममा भोलामानको मृत्यु भएको प्रहरीले जनाएको छ । मणिकुमारलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।
अन्नपूर्ण पोष्ट