१५ चैत्र २०८०, बिहीबार
Follow Us

चोरीको आरोपमा थुनिएकी महिलाको हिरासतमै मृत्यु

नेपालब्रिटेन डट कम्
९ असार २०७६, सोमबार ०७:५८

चोरीको आरोपमा प्रहरी हिरासतमा रहेकी एक महिलाको हिरासतसँगै जोडिएको शौचालयमा झुण्डिएर मृत्यु भएको छ ।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ महेशबारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतको शौचालयमा सुमनदेवी ठाकुर आइतबार बिहान झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएकी हुन । महिलाको मोवाइल चोरीको आरोपमा शनिबार साँझपख लहान बजारमा पक्राउ परेपछि करिब १० किलोमिटर दक्षिण पर्ने महेशबारी प्रहरीको हिरासतमा थुनिएकी ठाकुरको शव आइतबार बिहान करिब सवा ७ बजेतिर झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

लहानस्थित एक मोवाइल बिक्री गर्ने पसलमा मोवाइल बेच्ने लहान प्रहरीले ठाकुरलाई शनिबार साँझ करिब ५ बजेतिर पक्राउ गरेको थियो । पक्राउ परे लगत्तै लहान प्रहरीको हिरासतमा पुर्याइएकी ठाकुर र बैंकिङ् कसुरको मुद्दामा काठमाडौंमा पक्राउ गरी लहान ल्याइएकी अर्की महिलासँगै राखिएको थियो । लहान प्रहरीको हिरासतमा ठाउँ नपुगेपछि महिला प्रहरीसहित बैंकिङ् कसुरकी महिलासँगै ठाकुरलाई पनि महेशबारी प्रहरीमा पठाइएको प्रहरीले जनाएको छ ।