८ बैशाख २०८१, शनिबार
Follow Us

घन्कियो मादल, सारङ्गी र बासुरीको धुन, नेपाली खाना खाए बिदेशी

नेपालब्रिटेन डट कम्
९ असार २०७६, सोमबार १९:१२

भगवान गिरी । युरोपी मुलुक पोर्चुगलको राजधानी लिस्बनमा पुराना नेपाली बाजाहरु मादल, सारङ्गी र बासुरीको झन्कारले मन्त्रमुग्ध बनायो । नेपाली भाषा सस्कृती रितिरिवाज बिदेशी माझ पुर्याउनु र नेपाल सरकारको अभियान भिजिट नेपाल २०२० लाई सफल बनाउन सहयोग पुगोस् भन्ने उदेश्य ले कार्यक्रम गरिएको नेपाली महिला समाज पोर्चुगलका अध्यक्ष निर्मला खराल ढकाल ले जानकारी दिनुभयो ।

बीस भन्दा बढी देशका मानिसहरु जमघटमा नेपाली महिला समाज पोर्चुगल नेपाली खानाहरु सेलरोटी, आलुदम, अचारदेखि खीरसम्म खुवाएको थियो । मुख्यत: लिस्बनमा रहेका सहाराबिहिन सरणार्थीहरुलाई स्वयंसेवी रूपमा कार्यरत लिस्बन प्रोजेक्ट बाइ रिभर साइड र नेपाली महिला समाज पोर्तुगलको सहकार्यमा यसरी नेपाली खाना खुवाउने र नेपाली संस्कृतिको परिचय प्रस्तुत गरेको समाजकी अध्यक्ष ढकालले बताइन् ।

नेपाली महिला समाज पोर्तुगलको पनि सक्रिय सहभागितामा पोर्चुगल पहिलो चोटि बिदेशी संस्थासंगको सहकार्यमा मानवीय सहयोग कार्यक्रम औपचारिक सहभागिता जनाउन पाउँदा पोर्तुगलका नेपाली महिलाहरु खुशी भएको समाजकी महासचिव सरिता शर्माले प्रतिक्रिया दिइन् ।