४ बैशाख २०८१, मंगलवार
Follow Us

कोमाका बिरामी ल्याउने विषय अध्ययनमै, विदेशमा २८ नेपाली कोमामा

नेपालब्रिटेन डट कम्
१० असार २०७६, मंगलवार ०३:३२

काठमाडौँ — प्रमुख गन्तव्य मुलुकमा कोमा तथा पक्षघातमा परेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्ने विषयमा सरकारले ६ वर्षदेखि कार्यदल बनाई अध्ययन गरे पनि एउटै बिरामी ल्याएको छैन ।

तीनवटाभन्दा बढी कार्यदलले दिएका प्रतिवेदन कार्यान्वयन नगरी वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सोमबार अर्को कार्यदल बनाएको छ । गन्तव्य मुलुकमा यस्ता बिरामी २८ जना छन् ।

कोमाका बिरामी ल्याउन लाग्ने खर्च निकै धेरै हुने भएपछि यसको कानुनी आधार खोज्न बोर्ड बैठकले पुनः श्रम मन्त्रालयको सहसचिवको अध्यक्षतामा कार्यदल बनाएको हो । खाडीस्थित नेपाली दूतावासले कोमाका बिरामीलाई स्वदेश ल्याउन सरकारलाई दबाब बढाएपछि अध्ययनका लागि भन्दै कार्यदल बनाउन सुरु गरिएको थियो । कान्तिपुरमा खबर छ ।