४ बैशाख २०८१, मंगलवार
Follow Us

मेयरलाई ३० लाख, घाइतेले केही पाएनन्

नेपालब्रिटेन डट कम्
१० असार २०७६, मंगलवार ०३:३७

बिर्तामोड – ०७४ कात्तिक १० मा अर्जुनधारा ११ का बालक लक्ष्मण सिवाकोटीको मृत्यु प्रकरणले बिर्तामोड तनावग्रस्त थियो । बिहानैदेखि स्थानीय आन्दोलित थिए । त्यही क्रममा आक्रोशित समूहले बिर्तामोडका नगर प्रमुख ध्रुव सिवाकोटीको घर र गाडी तोडफोड गरेको थियो ।

त्यसबापत सरकारको निर्णयबाट उनले ३० लाख रुपैयाँ क्षतिपूर्ति पाए । तर, त्यही घटनाका घाइते ३१ वर्षीय मणि दर्जी (नेपाली) ले केही पाएनन् । आन्दोलनको अध्ययन गर्न गृह मन्त्रालयअन्तर्गत बनेको छानबिन समितिले सिवाकोटीलाई एक करोड क्षतिपूर्ति उपलब्ध गराउन भनेको थियो । सरकारले भने ३० लाख दिने निर्णय गरेको हो ।

घाइते नेपालीलाई क्षतिपूर्तिबारे भने समिति मौन देखिएको छ । कान्तिपुरमा खबर छ ।