१३ बैशाख २०८१, बिहीबार
Follow Us

सलामी कार्यविधिमा ५ प्रकार

नेपालब्रिटेन डट कम्
१० असार २०७६, मंगलवार ०३:४२

काठमाडौँ – मुलुक संघीयतामा गएपछि कसलाई कसरी सलामी र सम्मान दिने भन्ने प्रस्ट भइसकेको छैन । प्रहरी प्रधान कार्यालयले संघीयताको मर्मअनुसार हुने गरी प्रहरीको कवाजसम्बन्धी पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार यसबारे मंगलबारदेखि प्रहरी प्रशिक्षण प्रतिष्ठानमा छलफल हुँदै छ । गृह मन्त्रालयसँगको समन्वयमा प्रधान कार्यालयले बनाएको पुरानो कार्यविधिमा भने ५ प्रकारका सलामीको व्यवस्था छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र सभामुखलाई दिइने सलामीलाई ‘सम्माननीय सलामी’ भनिएको छ । मन्त्रीदेखि सांसदसम्मलाई दिइने ‘माननीय सलामी’ तोकिएको छ । आईजीपीदेखि डीआईजीसम्मलाई ‘जर्नेली सलामी’, राजदूतहरूलाई ‘महामहिम सलामी’ र सचिवहरूलाई ‘सचिव सलामी’ दिइने कार्यविधिमा उल्लेख छ ।गृहसचिवलाई भने प्रहरी महानिरीक्षकसरह सलामीको व्यवस्था छ ।कान्तिपुरमा खबर छ ।