April 2, 2020

हुन्डी कारोबार गरेपछि एनआरएनए कोरियाका कोषाध्यक्ष बानियाँलाई देश निकाला

  25th June 2019 मा प्रकाशित

सोल । हुन्डी कारोबारको आरोपमा एनआरएनए दक्षिण कोरियाका कोषाध्यक्ष आलोक बानियाँलाई कोरिया सरकारले देश निकाला गरेको छ ।

राजधानी सोल नजिकैको तोङ्देमुन शहरबाट एक महिनाअघि पक्राउ परेका उनलाई हिरासतमा राखेर नेपाल पठाएको हो।

बानियाँले सस्तो दरमा नेपाल रकम पठाइदिने भन्दै नेपाली कामदारको अवैधानिक रुपमा रकम सङ्कलन गरेको पुष्टि भएपछि उनलाई प्रहरीले देश निकाला गरेको हो ।

प्रतिक्रिया