७ बैशाख २०८१, शुक्रबार
Follow Us

सांसद परियारलाई मन्दिरको सम्मान

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०७३, आईतवार ०४:०३

चितवन । व्यवस्थापिका सांसद विण्णुमाया परियारलाई पश्चिम चितवनको चित्रवन नगरपालीकामा सम्मान गरिएको छ । चित्रवन नगरपालिका कार्यालय नयाँ बजारमा रहेको पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले ग्रामीण क्षेत्रको विकासको लागि उल्लेखनीय भूमिका निभाएको भन्दै सांसद परियारलाई ताम्रपत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
मन्दिरको भौतिक पुर्वाधार निमार्ण तथा व्यवस्थापनमा २ लाख रुपैया सहयोग गरेपछि मन्दिर निमार्णमा सहजभएको भन्दै स्थानियले सम्मान गरेका हुन् ।
सो अवसरमा सांसद परियारल गाउँघरको विकासमा आफुलागि पर्ने भन्दै मठ मन्दिरको निमाणले समाजमा सकारात्मक प्रभाव पारेको बतांईन् ।
आफु जनप्रतिनिधी भएको क्षेत्रको विकासनिमाण पहिलो प्राथमिकतामा राखेको भन्दै सांसद परियारले जनताको हित अनुकुलको कार्यमा आफु लागि रहने विश्वास दिलाईन् । सो कार्यक्रममा गेट निमार्ण तीलकुमारी अधिकारी , चौतारा निमार्णमा इन्द्र बहादुर भुजेल , सस्थापक अध्यक्ष गोविन्द वराललाई पनि सम्मान गरिएको थियो
मन्दिर व्यवस्थापन समितीका अध्यक्ष केवल सिंहको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेता विण्णु ढकाल, मन्दिर निमाणका संयोजक गोपाल सुवेदी, मन्दिरका उपाध्यक्ष बलराम अधिकारी लगायतले मन्त्य दिएका थिए ।