१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पदपूर्तिका लागि शतप्रतिशतलाई भागवण्डा गर्न सकिँदैनः लालबाबु

sarusaru
११ असार २०७६, बुधबार १२:२७

काठमाडौं–संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवाको पदपूर्तिका लागि शतप्रतिशतलाई भागवण्डा गर्न नसकिने बताएका छन् ।

संघीय संसद, प्रतिनिधीसभा अन्र्तगत राज्यव्यवस्था तथा शुसासन समितिको बुधबारको बैठकमा उनले ५५ र ४५ प्रतिशतको आधार भित्रबाटै छलफल गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।
संघीय निजामती सेवाको पदपूर्तिका क्रममा संंविधानले व्यवस्था गरे अनुसार समावेशी समानुपातिक प्रतिनिधित्व गराउनै पर्ने विषय धेरै संवेदनशिल विषय भएपछि तत्काल सतप्रतिशतलाई भागवण्डा गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारे ।