७ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौ महानगरपालिकाले तोक्यो सवारी साधन पार्किङ शुल्क, कुन ठाउँमा कति लाग्छ ?

sarusaru
११ असार २०७६, बुधबार १२:३१

काठमाडौ महानगर पालिकाले सवारी साधनको पार्किङ शुल्क तोकेको छ । असार १० गते पेश भएको महानगरको बजेट मार्फत सवारी साधन पार्किङको शुल्क तोकेको हो । महानरले दुइए पांग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चारपांग्रे सवारीको प्रतिघण्टा ८० रुपैयाँ तोकेको छ । न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायतको भित्रि शहरी क्षेत्र त्रिपुरेशवर, रत्नपार्क, भोटाहिटी, केशरमहल र लैनचौरसम्मको काठमाडौ मध्य भागका क्षेत्रमा यो शुल्क लाग्नेछ ।
महानगर पालिका क्षेत्रभित्रका सार्वजनिक बाटो लगायत तोकिएका स्थामाका दुइ पांग्रेको लागि प्रतिघण्टा १५ रुपैयाँ, चारपांग्रेका लागि प्रतिघण्टा ४० रुपैयाँ र सो भन्दा बढीको लागि प्रतिघण्टा सय रुपैयाँ तोकेको छ ।
यस्तै नीजि क्षेत्रबाट नीजि घर जग्गामा काठमाडौ महानगरपालिबाट व्यवसाय दर्ता गरी अनुमति व्यवसाय दर्ता गरी शसुल्क सवारी पार्किङको सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ ।