१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मापदण्ड विपरित सडक खन्ने ४ डोजर प्रहरी नियन्त्रणमा

sarusaru
११ असार २०७६, बुधबार १२:३३

जथाभाबी मापदण्ड विपरित सडक खन्ने ४ वटा डोजरको चाबी थुतिएको छ । बुधबार सम्म सरकारले तोकेको प्रावधान र मापदण्ड मिचेर चलाइका ४ डोजरको चाबी थुतेर प्रहरीले नियन्त्रणमा लिएको हो ।
जथाभाबी सडक खन्ने क्रममा रहेका वित्थडचिर गाउँपालिकामा १, दुर्गाथली गाँउपालिकामा २ र तल्कोट गाउँपालिकामा १ गरी ४ वटा डोजर नियन्त्रणमा प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले बताए । सर्भे डिजाइन बिना जथाभावी डोजर लगाएर निर्माण भएका अधिकांश सडकमा दुर्घटना हुन थालेपछि मापदण्ड बिपरित सडक खन्ने काममा रोक लगाएको उनको भनाइ छ ।