१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुनको जस्तो देखिने बुद्धको मूर्ति देखाई ठगी गर्न खोज्ने पक्राउ

sarusaru
११ असार २०७६, बुधबार १२:३५

काठमाडौं- काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट सुनको जस्तो देखिने बुद्धको मूर्ति देखाई ठगी गर्न खोज्ने ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध बस्ने रामेछाप मन्थली घर भएका ३२ वर्षीय बसन्त श्रेष्ठ, सिनामंगल बस्ने दोलखा भिमेश्वर नगरपालिका-१ घर भएका ५२ वर्षीय रामराजा शिवाकोटी, तनहुँ भिमाद नगरपालिका-४ घर भएका ३२ वर्षीय मिन बहादुर कुमाल र भक्तपुर बस्ने महोत्तरी बर्दिबास घर भएका २० वर्षीय अनिल बानियाँ रहेका छन् ।
करिब ७ किलो तौलको उक्त बुद्धको मूर्ति देखाई नगद ६० लाख रुपैयाँमा खरिद विक्रीका लागि कुराकानी भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त मूर्ति सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट परिचय गरी विवाह गराइदिने बहानामा रकम ठगी गर्ने पक्राउ
काठमाडौं- काठमाडौं महानगरपालिका-१२ टेकुबाट फेसबुकमार्फत परिचय गरी सुन्दर युवतीसँग विवाह गराइदिने बहानामा ४ लाख ५५ हजार रुपैयाँ ठगी गर्ने भक्तपुर बालकोट बस्ने दोलखा शैलुङ गाउँपालिका-५ घर भएकी २३ वर्षीय संगिता भन्ने कल्पना बस्नेतलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
कल्पनाले दोलखा शैलुङ गाउँपालिका-८ बस्ने २४ वर्षीय हरि बहादुर कार्कीको आइडीमा संगिता बस्नेतबाट फ्रेन्ड रिक्वेस्टमार्फत साथी बनेर सुन्दर युवतीको फोटो पठाई विभिन्न नम्बरबाट फोन समेत गरेर तपाईलाई त्यो केटीले माया गर्छे भन्दै विश्वासमा पारेको र पछि त्यो केटी दुर्घटनामा परी अस्पतालमा उपचार भइरहेकोले उपचार गर्नको लागि रकम पठाई दिनुहोस् भनि पटक-पटक गरी ४ लाख ५५ हजार रुपैयाँ आईएमई समेतबाट पठाउन लगाएको र उक्त केटीको उपचारको क्रममा भारतमा मृत्यु भयो भनि झुठ्ठा व्यहोरा बताई ठगी गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले निजले प्रयोग गर्ने २ थान मोबाइल सहित उनलाई पक्राउ गरेको हो ।
कल्पनालाई ठगी सम्बन्धी कसुरमा आबश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।