१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठकको तयारी तीव्र (को को सहभागि हुदैछन्)

नेपालब्रिटेन डट कम्
११ असार २०७६, बुधबार १३:०४

लण्डन । सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रिय महिला भेला आगामी जुलाई ६ र ७ मा म्यानमारको याङगुनमा आयोजना हुादैछ । बैठकको तयारी तीव्र गतिमा अघि बढीरहेको एसिया प्यासिफिक क्षेक्रका आरसी किरण वित्रम थापाले जानकारी दिनुभयो ।
विशेषतः एसियाली मुलुकमा रहेका गैरआवासीय नेपालीहरुको सहभागितामा नेपालमा लगानी प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ बैठक आह्वान गरिएको हो । यसपटकको बैठक ‘नेपालको समृद्धिका लागि डायस्पोरोको भूमिका’ भन्ने विषयमा केन्द्रित हुने थापाले बताउनुभयो । यस्तै बैठकमा ठूल–ठूला आयोजना एवं व्यवसायको लगानीमा भन्दा पनि साना तथा मझौला व्यवसायको लगानी र त्यसमा देखिएका नीतिगत अप्ठेरा अनि सम्भावनाबारे विशेष छलफल गरिनेछ । यस्तै एसियाली मुलुकका श्रम बजारमा नेपाली श्रमको प्रयोगमा रहेका समस्या पहिचान गर्दै समाधानका लागि पनि छलफल गरिने थापाले जानकारी दिनुभयो । यसैगरी विगतमा गरिएका निर्णय र प्रतिबद्धतालाई हामीले कति पूरा गर्न सक्याौ या सकेनाौ भन्ने समिक्षा समेत बैठकमार्फत गरिने छ ।
नेपालको समृद्धिमा डायस्पोराको भूमिका कृषि, पर्यटन, एसिया प्यासिफिक क्षेत्रमा नेपालीहरुको लागि श्रम बजार, त्यहााका युवा तथा महिलाको सशक्तिकरण लगायत विषयमा पनि घनीभूत छलफल हुने थापाले बताउनुभयो ।
बैठकमा म्यानमार सहित थाइल्याण्ड, चीन, हङकङ, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर र साउथ कोरिया सहितका एसिया प्यासिफिक क्षेत्रका सदस्य राष्ट्र लगायत अन्य राष्ट्रका पदाधिकारीहरुको समेत सहभागिता रहनेछ ।
साथै संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष, जीवा लामिछाने वर्तमान अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्धय कुमार पन्त, कुल आचार्य, सल्लाहाकार डा. हेमराज शर्मा, व्यवसायी महेश श्रेष्ठ, महासचिव डा. बद्री केसी सहितका अधिकांश पदाधिकारी, नेपाल सरकारका तर्फबाट विशिष्ट पाहुना एवं प्रतिनिधिहरु, नेपाल उद्योग वाणिज्य संघका प्रतिनिधी, साथै अन्य व्यवसायिक विशिष्ट व्यक्तित्व, म्यानमारका महामहिम, नेपाली समुदाय सञ्चारकर्मी लगायत आइसीसी र विभिन्न एनसीसीका प्रतिनिधीसहित करीब पाँच सय जनाको सहभागिता रहने आरसी थापाको भनाई छ ।