१३ बैशाख २०८१, बिहीबार
Follow Us

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

sarusaru
१२ असार २०७६, बिहीबार ०२:३३

काठमाडौं । अछाम, काभ्रेपलाञ्चोक र सिराहामा भएका छुट्टाछुट्टै भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।

अछामको चौरपाटी गाउँपालिका २ मुल्लीस्थित सडकमा से १ त ७८३९ नम्बरको ट्याक्टर सडकमा पल्टिएर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका ३ बस्ने १६ वर्षीय रमेश साउद, १६ वर्षीया लक्ष्मी साउद र १६ वर्षीया काली साउदको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका अन्य ४ जनाको बयलपाटा अस्पताल अछाममा उपचार भइरहेको छ।

त्यस्तै काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका ७ कुन्ता बजारस्थित सडकमा बा २१ प ८२८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा बा ३ ख ९०३० नम्बरको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक चौरीदेउराली गाउँपालिका ८ बस्ने २५ वर्षीय सचिन माझीको घटनास्थलमै मृत्यु भएको छ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त दुर्घटनाको उद्दारको लागि जाँदै गरेको प्रहरीको वानट गाडी पनौति नगरपालिका ५ फर्पुमा रोकी राखेको बलेरोमा ठक्कर खाई दुर्घटना हुँदा ७ जना प्रहरी कर्मचारी घाइते भएका छन्। घाइते ७ मध्ये ६ जनाको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने १ जना प्रहरी कर्मचारीलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ।

सिराहाको कर्जन्हा नगरपालिका ४ बस्तिपुर चोकस्थित सडकमा बा २० च २३३७ नम्बरको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ३५ बर्षीय पुरुषको फुलकुमारी मेमोररियल अस्पताल कर्जन्हा सिरहामा उपचारका क्रममा मृत्यु भएको छ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल