१५ चैत्र २०८०, बिहीबार
Follow Us

कांग्रेसमा तल्ला संरचना बनाउन दबाब

नेपालब्रिटेन डट कम्
१२ असार २०७६, बिहीबार ०२:५५

काठमाडौँ – कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसांसदले राज्य संरचनाअनुरूप पार्टीको तल्ला तहका कमिटी नबनेसम्म दोस्रो चरणको जागरण अभियान सुरु नगर्न नेतृत्वलाई दबाब दिएका छन् ।

बदलिँदो संरचनाअनुरूप संगठन नहुँदा पहिलो चरणको जागरण अभियान प्रभावकारी नभएको उनीहरूको ठम्याइ छ ।

पहिलो चरणको जागरण अभियानको समीक्षा गर्न बुधबारदेखि बसेको केन्द्रीय प्रतिनिधिको बैठकमा अधिकांश वक्ताले राज्य पुनःसरंचनाअनुसारको पार्टी संगठन बनाउनुपर्नेमा जोड दिए । तल्ला निकायमा संगठन नहुँदा गाउँ, प्रदेश र केन्द्रमा समेत प्रतिपक्षीय भूमिका कमजोर देखिएको उनीहरूको भनाइ थियो ।

कांग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म पहिलो चरणको जागरण अभियान गरेको थियो । जिल्लाकेन्द्रित यस अभियानमा पार्टीले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको थियो । दोस्रो चरणको अभियान भदौ २४ देखि असोज १० सम्म ३३० वटै निर्वाचन क्षेत्र र तेस्रो चरणको अभियान पुस ७ देखि १६ गतेसम्म ७ सय ५१ पालिकामा सञ्चालन हुँदै छ । कान्तिपुर दैनिकमा खबर छ ।