१५ बैशाख २०८१, शनिबार
Follow Us

इराकमा चक्कु हानेर नेपालीद्वारा नेपालीकै हत्या

नेपालब्रिटेन डट कम्
१२ असार २०७६, बिहीबार ०५:३५

काठमाडौँ । इराकको स्वप्रशासित राज्य कुर्दीस्थानको अर्विलमा एक नेपालीले अर्का नेपाली युवाको हत्या गरेका छन् ।

बर्दीया स्थायी घर भएका विशाल पौडेलले देवदह नगरपालिका ९, रुपन्देहीका ३७ वर्षीय मीनबहादुर सुनारलाई चक्कु प्रहार गरी हत्या गरेको इराक मामला हेर्ने कुवेत स्थित नेपाली दूतावासले जनाएको छ।

पौडल र सुनुवार एउटै कोठामा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा झगडा हुँदा पौडेलले सुनारको घाँटीमा चक्कु प्रहार गरेको बताईएको छ । अहिले हत्या आरोपित पौडेललाई प्रहरीले पक्राउ गरिसकेको छ ।

इराक मामिला हेर्ने कुवेतस्थित नेपाली दूतावासले सुनारको शव नेपाल पठाउनको लागि अनुमति दिइसकेको भएपनि आर्थिक अभावका कारण शव नेपाल पठाउन नसकिएको नेपालीहरुले बताएका छन् ।