१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेल्जियम पुगेर रामशरण महतले भने–गुट र उपगुटले गर्दा काँग्रेस कमजोर भयो

नेपालब्रिटेन डट कम्
१२ असार २०७६, बिहीबार ०७:३७

लण्डन । नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री डा. रामशरण महतले काँग्रेस जनताको मन जितेको सबै भन्दा ठूलो पार्टी भएपनि पार्टीभित्रको केही गुट र उपगुटले गर्दा आफैमा कमजोर बन्न पुगेको वताएका छन् ।

डा. महतले संगठनमा एकता, सद्भाव र मेलमिलाप भएन र बिधान अनुरुप पार्र्टी चलेन भने भविष्यमा पछुताउनुको विकल्प नरहेको पनि बताएका छन् ।
नेपाली जनसम्पर्क समिति बेल्जियले मंगलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महतले यस्तो बताएका हुन् ।
सो क्रममा महतले केही जनसम्पर्क समितिले विधि र प्रकृयालाई मिचेर निर्णय गर्दा विवाद सिर्जना भएको बताए ।
अर्को प्रसंगमा महतले चुनावमा टिकट वितरण गर्दा नै गतल भएकाले पार्टीले चुनाव हारेको वताए । उनले पार्टी नेतृत्वमा सुधारको आवश्यक रहेको पनि वताए ।

डा. महतले कांग्रेसको विधान अनुसार समयमा महाधिवेशन हुनु पर्नेमा जोड दिँदै विदेशमा बस्ने नेपालीहरुका समस्या समाधान गर्न काँग्रेस तयार रहेको बताए । विदेशमा बस्ने नेपाली राष्ट्रकै एक अभिन्न अंग भएको उल्लेख गर्दै उनले लोकतन्त्रले मात्र जनचाहना पूरा गर्न सक्ने वताए ।

जनसम्पर्क समिति सभापति सीता सापकोटाको अध्यक्षतामा संम्पन्न कार्यक्रममा जनसंपर्क बेल्जियमका पुर्व अध्यक्षहरु, समितीका पदाधिकारी क्रियासिल र साधारण सदस्यहरुको उपस्थित रहेको थियो।
उक्त सम्मान कार्यक्रम लाई नेपाली जनंसम्पर्क समिती बेल्जियका उपाध्यक्ष नरहरी सापकोटाले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा समितिका पूर्व अध्यक्ष ईन्द्र क्षेत्री पकवानले पनि आफ्नो धारणा राखेका थिए ।

यस्तै कार्यक्रमा गैरआवसीय नेपाली संघ नेदरल्याण्डका अध्यक्ष मनोहरी शर्मा, पूर्ण तिमिल्सिना लगायतले बोलेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष ध्रुवराज पौडेल, निवर्तमान अध्यक्ष सुवास जोशी (सन्तोष), गैर आवासीय नेपाली सघं नेदरल्याण्का उपाध्यक्ष बिष्णु बास्तोला, महासचिब जितेन्द्र श्रेष्ठ, जनसम्पर्क समिति बेल्जियमका सदस्य एव नवलपुर सहायता समाजका अध्यक्ष विजय मल्ल, निवर्तमान अध्यक्ष रमेश सापकोटा, पर्वत समाजका अध्यक्ष झलक के सी, स्पेनका महासमिति सदस्य अर्जुन काफ्ले, ब्यवसायीक संघ बेल्जिमयका निवर्तमान अध्यक्ष सीपी भट्ट, महासचिव मदन दबाडी, नेपाली युरोप मिलन केन्द्रका अध्यक्ष दिपक न्यौपाने, स्याङ्जा सहायता समाजका सचिव होमनाथ पाण्डे, एनआरएनए भूतपूर्व युरोप सहसम्योजक प्रेम गुरूङ लगायत पदाधिकारीको पनि कार्यक्रमम उपस्थिति रहेको थियो ।