१४ बैशाख २०८१, शुक्रबार
Follow Us

स्रोत नखुलेको रकम सहित २ जना पक्राउ

नेपालब्रिटेन डट कम्
१२ असार २०७६, बिहीबार ०८:००

वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थितबाट स्रोत नखुलेको नगद १८ लाख नेपाली रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी बस्नेहरू २० वर्षीय रंजन दास र २९ वर्षीय बाला यादव रहेका छन् ।
उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले दास सवार ना.२५ प ३८५६ नम्बर र यादव सवार ना.५८ प ८८३९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुले आफ्नो खुट्टामा बाँधी लुकाई छिपाई ल्याएको उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ दुवै जनालाई हुण्डी कारोवार सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।