१५ चैत्र २०८०, बिहीबार
Follow Us

डिसी महापुराणमा उठ्यो ८ लाख २० हजार डलर

नेपालब्रिटेन डट कम्
१२ असार २०७६, बिहीबार १२:१२

वाशिंगटन डिसी । डिसी मेट्रो सप्ताहमा बुधबार सम्ममा ८ लाख २० हजार डलरको चन्दा २ सय ७६ संकलन भएको आयोजकहरुले जानकारी दिएका छन ।

जस मध्ये वार्षिक नवीकरण गर्ने सदस्यहरुबाट ३ हजार २ सय १२, संस्थापक संरक्षक सदस्यबाट ४० हजार, संस्थापक प्लाटिनम सदस्यबाट १ लाख २० हजार, संस्थापक वेन्फ्याक्टर ( उपकारी) सदस्यबाट दुई लाख ४ हजार, संस्थापक आजीवन सदस्यबाट १ लाख ५३ हजार र संस्थापक गुठियार (ट्रष्टी)सदस्यबाट २ लाख ९७ हजार दान सहयोग उठेको बुझिएको छ ।

डिसी महानगर क्षेत्रमा सामुदायिक भवन बनाउने उद्देश्यले आयोजित डिसी मेट्रो सप्ताहमा उत्तर भर्जिनियाका विभिन्न स्थानबाट जम्मा २५५ जनाले सहयोग गर्नु भएको छ ।

यस क्षेत्रमा करिव १० हजार मानिसहरु बसोबास गर्ने अनुमान गरिएकोले जुन २९ सम्म सामुदायिक केन्द्र निर्माण हेतु लक्ष्य बोकेर हिडेको डिसी मेट्रो सप्ताह २०१९ को लक्ष्य पुग्न सक्ने अवस्था देखिएको छ ।

सप्ताह कार्यक्रम भर्जिनियाको फेयरफ्याक्स स्थित लोटस टेम्पल(मन्दिर )परिसरमा भै रहेको छ भने उक्त सप्ताह महापुराणको नेपाली अमेरिकन सामुदायिक केन्द्रको निर्माणार्थ गरिएको हो ।

उक्त डिसी मेट्रो सप्ताहमा १२ सय २४ जना मूल समारोह समिति सदस्यहरु रहेका छन् । सप्ताहको लागि सहयोग गर्ने अधिकांस दाताहरुले प्रतिबद्धता मात्र नगरी धनादेश (चेक) आयोजकलाई हस्तान्तरण गरेका छन् । सप्ताह नेपाल बाट आउनु भएका पण्डित दिनबन्धु पोखरेलले गरि रहनु भएको छ ।

डिसी मेट्रो सप्ताह २०१९ जुन २२ देखि सुरु भै जुन २९ शनिबार समापन हुदै छ ।