१३ बैशाख २०८१, बिहीबार
Follow Us

मध्यरातमा ४ रिक्टरस्केलको भूकम्प

नेपालब्रिटेन डट कम्
१२ असार २०७६, बिहीबार १८:१७

धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार राती १० बजेर २१ मिनेट जाँदा ४ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो कुनै नयाँ भूकम्प नभएर गत ०७२ बैशाख १२ गतेकै भूकम्पको पराकम्प हो ।
यसअघि जेठ ३२ गते जाजरकोट केन्द्रबिन्दु भएर ४.५ रिक्टरस्केलको भूकम्प गएको थियो ।