१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रपति मुखर्जीको सुरक्षाका लागि कमाण्डो र ब्लुटेप्रुफ गाडी भारतबाटै आउँदै

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०७३, आईतवार ०४:२०

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा भित्री सुरक्षाका लागि भारतबाटै सुरक्षाकर्मी आउने भएका छन् । राष्ट्रपति मुखर्जीसँगै ७० जनाको टोली कात्तिक १७ मा आउँदैछ । टोलीसँगै आधुनिक हतिायरसहितको भारतीय सुरक्षाकर्मीसमेत आउँदै छन् ।

गृह मन्त्रालयले तीनदिने नेपाल बसाइका क्रममा सुरक्षा प्रबन्धका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसहतिको संयुक्त परिचालनसम्बन्धी सुरक्षा रणनीति बनाइसकेको छ । गृह मन्त्रालयले मुखर्जीको भित्री सुरक्षामा नेपाली सेना परिचालन गर्ने गरि अति बिशिष्ठ व्यक्तिको सुरक्षामा अपनाइने ‘क’ बर्गको सुरक्षा रणनीति बनाएको हो ।
नेपालले आफ्नो तर्फबाट सबै सुरक्षा तयारी गरेपनि मुखर्जीको सुरक्षाका लागि भित्री घेरामा नेपाली सेनासँगै भारतीय सुरक्षाकर्मीसमेत खटिने आइतबार प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुमा समाचार छ ।