१६ चैत्र २०८०, शुक्रबार
Follow Us

काठमाडौको जग्गा प्रतिआना १२ देखि ५० लाख रुपैयाँसम्म

नेपालब्रिटेन डट कम्
१३ असार २०७६, शुक्रबार ०२:३३

काठमाडौं–काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्रका जग्गाको अधिकतम मूल्यांकन प्रतिआना ५० लाख रुपैयाँ तोकेको छ ।

महानगरपालिकाले नगरसभाबाट प्रस्तुत गरेको आर्थिक विधेयक २०७६ मा महानगपालिका क्षेत्रभित्रका जग्गाहरूको सम्पत्ति कर मूल्यांकन प्रयोजनाका लागि मूल्य कायम गरेको छ ।

महानगरपालिकाले न्यूनतम मूल्य भने प्रतिआना १२ लाख रुपैयाँसम्म तोकेको छ । व्यापारिक क्षेत्रका जग्गा प्रतिआना ५० लाखसम्म काठमाडौ ंमहानगरपालिकाले न्युरोड, जमल, ठमेल, माइतीघर, सिंहदरबार, त्रिपुरेश्वर, रत्नपार्कलगायतका व्यापारिक क्षेत्रमा प्रतिआना ५० लाख रुपैयाँसम्म मूल्यांकन गरेको छ ।
हनुमानढोकापूर्व नयाँसडक, पुराना महानगरपालिका भवनको दक्षिणचोकबाट जुद्धशमशेरको सालिक हुँदै इन्द्रचोकसम्म, न्युरोड
पीपलबोटदेखि दक्षिण चोकबाट जुद्धशमशेरको सालिक हुँदै इन्द्रचोकसम्म, न्युरोड पीपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो महानगरपालिका भवन चोकसम्म, न्युरोड खिचापोखरी, धरहरासम्मको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ ।

त्यस्तै, केशरमहल, क्षेत्रपाटी, ठमेलका मूलबाटोमा जोडिएका जग्गाहरू, हनुमानढोका, इन्द्रचोक, असन, भोटाहिटी, जमल, तिनधारा पाठशालालगायतका स्थानका मूलबाटासँग जोडिएका जग्गाहरूको पनि सोही मूल्य कायम गरिएको छ । साथै माइतीघर, पुतलीसडक, हात्तीसार, दरबारमार्ग, कमलादी, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वारा हुलाक, त्रिपुरेश्वरसम्मको मूल सडकसँग जोडिएका दायाँ–बायाँका जग्गा र रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट हुँदै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिम गेट हुँदै भद्रकालीसम्मका मूलबाटोसँग जोडिएका दायाँ–बायाँका जग्गाहरूको पनि प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ ।
काठमाडांै महानगरपालिका १३ अन्तर्गत पर्ने बाटो नभएका जग्गाहरूको त्यस्तै, गोरेटो बाटो ७ लाख रुपैयाँ, कच्ची मोटर बाटो १२ लाख र सहायक पक्की सडक भएको जग्गाहरूको प्रतिआना १३ लाख
रुपैयाँ तोकिएको छ ।