१३ बैशाख २०८१, बिहीबार
Follow Us

गोमा कटवालको गाई गोठमा भीड (फोटो फिचरसहित)

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०७३, आईतवार ०४:४१

काठमाडौं । अनामनगरस्थित गोमा कटवालको गाई गोठ आइतबार विहानैदेखि भीडभाड देखिन्थ्यो । लक्ष्मी पूजाको बिहान गाई पूजा गरिने भएकाले कटवालको गोठमा भिडभाड देखिएको हो । अनामनगर क्षेत्रका अधिकांश कटवालकै गोठमा पुगेर लाइन बसेर पालैपालो गरी गाईको पूजा गरेका थिए ।
कटवालको गोठमा ७ वटा गाइ रहेछन् । लक्ष्मीपूजामा मात्र होइन, अन्य बेला पनि गोबर गौहुत चाहिए अनामनगरवासी कटवालकै गोठमा पुग्ने गर्छन् । गोठका अगाडि गोबर र गौहुत राखिएको छ, आवश्यकता अनुसार लिन पाइन्छ ।
सातवटा गाईले दैनिक ७० लिटर दूध दिन्छ । गोमाका अनुसार दुध बेच्नलाई बजार जानु पर्दैन् । माग अनुसार आवश्यकता पूरा गर्न सकिएको छैन, गोमाले भनिन्– ‘नियमित ग्राहक छन्, उनीहरु बिहान आउँछन्, लैजान्छन् । दुध बेच्नलाई हिड्नु पर्दैन् ।’ एक लिटर दुधको ८० रुपैयाँ मूल्य पाइने गरेको गोमाले बताइन् ।
img_0524
गाईका लागि आवश्यक खुराक टुकुचाको तरकारी बजारमा ल्याउने गरेको गोमाले बताइन् । तरकारबाट निस्कने काउलीका पात, ओइलाएको साग तथा तरकारीका कच्चा पदार्थ गाईका आहारा हुन् । तरकारी बजारमा गाईका खुराक निःशुल्क पाइन्छ ।
img_0520
img_0522