४ बैशाख २०८१, मंगलवार
Follow Us

पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

नेपालब्रिटेन डट कम्
१३ असार २०७६, शुक्रबार १०:१८

लण्डन । लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा नयाँ नेतृत्व चयन भएको छ । आइतबार चार्ल्टनमा सम्पन्न मन्दिरको तेस्रो अधिवेसनले आउंदो २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

निवर्तमान कार्यसमितिका उपाध्यक्ष नरेन्द्र कंडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको हो । जसमा उपाध्यक्ष दासुराम पाण्डे, सचिव कल्पना त्रिपाठी, सहसचिव जिवन वाग्ले र कोषाध्यक्ष गोपाल अर्याल छन् ।

कार्यसमिति सदस्यहरुमा कृष्ण खरेल, रामकृष्ण अर्याल, दिनेश खरेल, मुना खरेल सापकोटा र भोजराज कँडेल चुनिएका छन् । त्यसैगरी ६ जना कोअप सदस्यमा माया केसी, मञ्जु गौतम, सुनिता थापा, उदय लम्साल, माधवलाल श्रेष्ठ र कृष्ण भण्डारी लाई मनोनित गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिको घोषणा निर्वाचन समितिका संयोजक एवम संस्थापक अध्यक्ष होम शर्मा र सदस्य एवम् ट्रस्टी विनोद ज्ञवालीले गरेका थिए । संयोजक शर्माले सपथग्रहण गराएका थिए ।

त्यसअवसरमा नवनिर्वाचित कार्यसमितिलाई संस्थापक अध्यक्ष होम शर्मा, पूर्व अध्यक्ष बालजंग अर्याल , संरक्षक पण्डित निलहरि घिमिरे र ट्रस्टीहरु कर्ण शाही, रोमनाथ पाण्डे, सरिता पौडेल, यादव भण्डारी, फत्त थापा लगायतले बधाई तथा सफलताको शुभकामना दिएका थिए ।

त्यस्तै, एनआरएनए यूके पूर्व अध्यक्ष महेन्द्र कंडेल, उपेन्द्रराज शास्त्री, प्रेम गैरे, एलएन पाण्डे, रेशम अर्याल, कृष्ण खरेल, टंक कँडेल, केदार थपलिया, वासु शर्मा सहित विभिन्न संघसंस्थाका प्रतिनिधि समेतले शुभकामना मन्तव्य राखेका थिए । उपेन्द्रराज शास्त्रीले मन्दिरको लागि १ हजार पाउण्डको सहयोग घोषणा समेत गरेका थिए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सहदेव गिरीको अध्यक्षतामा सम्पन्न अधिवेसनको सुरुमा पण्डितहरु निलहरि घिमिरे, दधिराम काफ्ले, आनन्द लोहनी र सुनिल पण्डितले ‘स्वस्ति वाचन’ गरेका थिए ।

निवर्तमान कार्यसमितिका सचिव दासुराम पाण्डेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष गोपाल अर्यालको आर्थिक प्रतिवेदन र विधान समितिका संयोजक कर्ण शाहीको विधान संशोधनको प्रस्ताव छलफल र सामान्य संशोधनहरुसहित पास गरिएको थियो ।