४ बैशाख २०८१, मंगलवार
Follow Us

इनास फ्रान्सको अध्यक्षमा सापकोटा

नेपालब्रिटेन डट कम्
१३ असार २०७६, शुक्रबार १३:०७

लक्ष्मण गगन । लण्डन । फ्रान्सको पेरिसमा स्थापित भएको अन्तरास्ट्रिय कलाकार समाज (इनास फ्रान्स) को प्रथम अधिबेशनले प्रविन सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

गत बर्ष स्थापित यस समाजको तत्कालीन कार्यसमितिको एक बर्षको सफल कार्यकालको समिक्षा,नयाँ कार्यसमितिको चयन अनि आउदो बर्षको कार्यक्रमहरुको कार्यतालिकाको बारेमा छलफल गर्नका लागी यो अधिबेशन बोलाइएको थियो ।

एक बर्षको अनुभव बटुलिसकेका अधिकांस पुराना सदस्यहरुको योगदानको कदर गर्दै प्रविन सापकोटाकै अध्यक्षतामा सर्बसम्मत रूपमा गठन भएको नयाँ समितिमा कला क्षेत्रका विभिन्न तहमा रहेका ब्यक्तिहरु लाई समबेश गरिएको छ ।

फ्रान्सभरि छरिएर रहेका नेपाली मूलका कलाकारहरु र कलाप्रेमीहरु लाइ एउटौ छातामा आबद्ध गरेर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै जाने,र थुप्रै गतिविधिहरु मार्फत बिदेशमा नेपाली भाषा,कला र संस्कृतिको जगेर्ना गर्नमा टेवा पुर्याउने मूल उदेश्य राखेर २०१८ मा ूइनास फ्रान्स ूको गठन गरिएको थियो ।स्थापनाको पहिलो बर्षनै अडिसन कार्यक्रम मार्फत गायन र नृत्यमा क्रमशः २(२ जना कलाकारको छनौट गरि बेल्जियममा सम्पन्न युरोप स्तरीय प्रतियोगितामा इनास फ्रान्सले आफ्नो सहभागीता जनाएको थियो ।

नवगठित कार्यसमितिले फ्रान्सबासी सम्पूर्ण कलाप्रेमी महानुभावहरु लाई साथमा लिएर आउँदा दिनमा अझै गुणस्तरीए प्रस्तुती सहित नयाँ कार्यक्रमहरु गर्ने योजना बनाएको छ ।

यस्तो छ नयाँ कार्यसमिति
१ किरण केसी

जिसिआर

२ प्रविन सापकोटा

अध्यक्ष

३ जगत ब खड्का

बरिस्ठ उपाध्यक्ष

४ आभाष आचार्य

उपाध्यक्ष

५ महेन्द्र अधिकारी

महासचिव

६ भुवन आले

सचिव

७ मिलि उपाध्याय कोइराला

कोषाध्यक्ष

८ रिया गुरुङ केसी

सह कोषाध्यक्ष

९ डुल्छेन लामा तामाङ ९सुरेश०

इभेन्ट कोअर्डिनेटर

१० सुमन राई

डिजिटल कोअर्डिनेटर

११ मेनुका थापा

आर्टिस्ट कोअर्डिनेटर

१२ लक्ष्मण गगन

मिडिया कोअर्डिनेटर

१३ शर्मिला गुरुङ

सदस्य

१४ सालु श्रेष्ठ

सदस्य

१५ भिम राई

सदस्य

१६ वाइ।बी। थापा ९जीवन०

सदस्य

१७ प्रतिमा खनाल

सदस्य

१८ बिपुल क्षत्रि

सदस्य

१९ चिरन ओली