६ बैशाख २०८१, बिहीबार
Follow Us

एप्पल प्रमुखले कम्पनी छोडे

नेपालब्रिटेन डट कम्
१४ असार २०७६, शनिबार १२:३२

लण्डन। एप्पलका प्रमुख डिजाइन अधिकृत जोनी आइभले विहिबार कम्पनी छाड्ने घोषणा गरेका छन् ।
आइभले झण्डै ३० वर्ष एप्पलमा काम गरे । उनी सन् १९९२ देखि एप्पलमा काम गर्दै आएका छन् ।
आइभ एप्पल कर्मचारी नरहे पनि भावि दिनमा उनले सुरु गर्न लागेको डिजाइन कम्पनीको प्रमुख क्लाइन्टका रुपमा एप्पल हुनेछ । यस हिसाबले भावि दिनका एप्पलका परियोजनामा पनि उनी जोडिने छन् ।
एप्पलको परिचय बनेको आकर्षक डिजाइनका उपकरणमा आइभको मुख्य भूमिका रह्यो । उनी र स्टीभ जब्सको कयैन महत्वपूर्ण उत्पादनमा सफल सहकार्य गरे । तिनमा क्याण्डी रंगको आई–म्याकहरुदेखि आइ–पड र सुरुको आइ–फोन उलेख्नीय रहे ।
यी उत्पादनको बलमा नै झण्डै टाट पल्टिसकेको अवस्थाबाट एप्पल विश्वको सबैभन्दा मुल्यवान कम्पनी बन्यो । उनी एप्पलमा काम गरेर स्वतन्त्र परिचय बनाउन सक्ने थोरै कर्मचारीमध्य पर्छन् ।
डिजाइन क्षेत्रमा महत्वपूर्ण कामको लागि उनले कयैन डिजाइनसम्बन्धी पुरस्कार जितेका छन् । उनी बेलायतको नागरिकले पाउने सर्वोच्च सम्मान ‘नाइटहुड’बाट सम्मानित छन् ।
आइभले कम्पनी छाड्ने घोषणापछि एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले एउटा वक्तव्य जारी गर्दै आइभले एप्पललाई पु¥याएको योगदानको प्रशंसा गरेका छन् ।