April 8, 2020

गाउँपालिका अध्यक्षको बालुवाखानीले पृथ्वी राजमार्गको यो हालत

  29th June 2019 मा प्रकाशित

धादिङ–गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठको केबीएस कन्स्ट्रक्सन एन्ड सप्लायर्सले चलाएको बालुवाखानीको लेदोले पृथ्वी राजमार्ग फेरि अवरुद्ध बनेको छ । तीन दिनअघि पनि पृथ्वी राजमार्ग प्रभावित बनेको थियो ।

गाउँपालिका अध्यक्षको खानीबाट निस्किने रातो माटोको मसिनो लेदोले गल्छी–बैरेनी सडक खण्डको करिब एक किलोमिटर भूभाग ढाकेकाले यातायात प्रभावित भएको हो ।

स्थानीयका अनुखसार धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको छ ।

सडकभन्दा माथि बालुवा निकालिएको छ । बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो ।

यसैगरी राजमार्गको माथितिर खुलेका अधिकांश ग्रामीण सडकका कारण गाउँगाउँदेखि बगेर आउने बलौटे माटो राजमार्गमा थुप्रिएर पनि पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।

यसैबीच पानी परेसँगै लेदोले अबरुद्ध बनेको पृथ्वी राजमार्ग केहीबेर अघि सुचारु भएको छ ।

बिहानैदेखि राजमार्ग अवरुद्ध हुदाँ राजधानी आउँदै गरेको र बाहिर जाँदै गरेका हजारौं सवारी साधन बीच बाटोमै रोकिएका थिए ।

प्रतिक्रिया