७ बैशाख २०८१, शुक्रबार
Follow Us

पण्डिन दीनबन्धु पोखेरेललाई अमेरिकामा मानार्थ नागरिकता

नेपालब्रिटेन डट कम्
१४ असार २०७६, शनिबार १२:३५

काठमाडौं– चर्चित पण्डित दीनबन्धु पोखरेललाई अमेरिकाले मानार्थ नागरिकता प्रदान गरेको छ ।
हाल अमेरिकामा रहेका उनलाई भर्जिनियास्थित टाउन अफ हर्डन र हर्डन टाउन काउन्सिलले मानार्थ नागरिकता प्रदान गरेको हो।
नेपाली समूदायप्रति गरेको योगदान तथा विश्व समूदायमा शान्ति, आत्यात्मिकता र मानवताको सन्देश प्रवाह गरेवापत उनलाई अमेरिकामा मानार्थ नागरिकता प्रदान गरिएको बताइएको छ ।
यसैबीच पण्डित पोखरेलले अमेरिकी सरकारले प्रदान गरेको यो मानार्थ नागरिकता सबै नेपालीको लागि गौरवको विषय भएको बताएका छन् ।
उनले भनेका छन्, ‘कुनै चाहेर पनि होइन, माग गरेर पनि होइन । अमेरिकी भूमिमा सेवा गरेबापत आज अमेरिकी सरकारले नेपालीहरूको इतिहासमा पहिलो पटक मलाई मानार्थ नागरिकता प्रदान गरेको छ, यो सबै नेपालीका लागि गौरवको विषय हो । सबैको जय होस् ।’