८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए युकेको निर्वाचनमा प्रसुना कँडेलको सक्रियता

नेपालब्रिटेन डट कम्
१४ असार २०७६, शनिबार २२:०३

लण्डन । नेपाली नर्सिङ एशोसियसनकी पूर्व अध्यक्ष सुशीला कार्कीले आफ्नी सहकर्मी प्रसुना कँडेलको उम्मेद्धारीमा कुनै प्यानलको ट्याग नलगाइकन बिजयी गराइदिन अनुरोध गरेकी छिन् ।

बेलायतमा रहेका झण्डै ५०० जना पेशागत नेपाली नर्सहरुको साझा संस्था नेपाली नर्सिङ एशोसियसन यूकेले आज प्लमस्टेडमा एक बिशेष कार्यक्रम गर्दै आफ्नो पूर्व अध्यक्ष प्रसुना कँडेलको उम्मेद्धारीलाई नयाँ उचाइ दिने प्रयास गरेको छ ।

एनआरएनए यूकेको आठौं अधिबेशन नजिकिंदै जाँदा समाजसेवामा आफ्नो उपल्लो तहको पहिचान बनाइसकेकी प्रसुना कँडेलले अघिल्लो हप्ता मात्र महिला संयोजक पदमा आफुले उम्मेद्धारी दिने सामाजिक सञ्जाल मार्फत घोषणा गरेकी हुन् । कँडेलको उम्मेद्धारी आउनुपूर्व अर्की प्रत्यासी क्षमता ढकालले पनि सोही पदमा दाबी गरेकी हुन् ।

जानकारी कार्यक्रममा एनआरएनए युकेको महासचिबका आकाँक्षी फडिन्द्र भट्टराई र कोषाध्यक्षका आकाँक्षी राजन खकुरेलले बढीभन्दा बढी एनआरएनए युकेको सदस्य बनिदिएर एनआरएनए अभियानमा साथ दिन आग्रह गरे ।

उपस्थित अन्यमा रोयल बरो अफ ग्रिनिच नेप्लिज सोसायटीका सल्लाहकारहरु एलन पाण्डे र मोती भण्डारी, अन्तराष्ट्रिय नेपाली साहित्य समाजकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी राई लारा, प्रतिभा नक्षत्रका अध्यक्ष सिमी पुन, डार्टफोर्ड नेपाली समाज यूकेका अध्यक्ष दीपक थापा, पासा पुच गुठी यूकेका अध्यक्ष सुशील प्रजापति, नेपाल प्रेस युनियन यूकेका सचिब मनदीप केसी, सन्तोष कार्की, आनन्द लोहनी, खुशी लिम्बु र भरत चोङबाङ उपस्थित थिए ।

कार्यक्रममा नेपाली नर्सिङ एशोसियसनका रेखा खरेल, सुनिता गौतम, सुमित्रा पुन, कला तामाङ, गंगा साम्पाङ र बबी राईले पनि प्रसुना कँडेलको महिला संयोजक उम्मेद्धारीप्रति ऐक्यबद्ता जनाउँदै बेलायतवासी नेपाली दिदीबहिनी एबं दाजुभाइहरुलाई सदस्य बनिदिन संयुक्त अपील गरे ।

पेशाले नर्स र प्रतिभाले मोडेल प्रसुना कँडेल प्यासनले समाजसेवी हुन् । उनी हाल एनआरएनए यूकेकी सल्लाहाकार हुन् र संघसंघ उनको लामो सम्बन्ध रहिआएको छ । आफु एनआरएनए यूकेको महिला संयोजक भएमा सामाजिक हित र महिला सशक्तीकरणलाई प्रमुख प्राथमिकतामा दिने बताउँदै आएकी छिन् । भिजिट नेपाल २०२० को महिला कमिटीमा पनि रहेकी कँडेल नेप्लिज वमन एसोसिएसन युके र नेप्लिज ब्लड डोनर्स यूकेको महासचिव पदमा रहेर पनि काम गरिसकेकी छिन् ।

नेपालमा गएको बिनासकारी भुकम्पमा पनि नेपालका काठमाडौं, सिन्धुपाल्चोक, भक्तपुर लगायतका नौ वटा जिल्लामा नेप्लिज नर्सिङ एसोसिएसन यूकेको तर्फवाट खटिएकी थिइन। माइती नेपाल, मानव सेवा आश्रम, रेन्बो चाईल्ड फाउण्डेसन, रत्न अश्रम लगायताका मानव परोपकारी संस्थाका लागि थुप्रै पटक काम गरेकी उनी हेल्प नेपाल नेटवर्कको १० करोडको अक्षयकोषका लागि समेत संयोजकका रुपमा काम गरिसकेकी छिन् ।

प्रसुना बेलायतमा दिइने बिभिन्न अवार्ड र सम्मानहरुबाट समयसमयमा बिभुषित हुँदैआएकी छिन् ।

फोटो – खुसि लिम्बु