१३ बैशाख २०८१, बिहीबार
Follow Us

चितवनमा सामूहिक गाई पूजा

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०७३, आईतवार ०८:५९

चितवन । वागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रम गौ संरक्षण समितिको आयोजनामा यस वर्षको लक्ष्मी पूजाको सन्दर्भ पारेर सामुहिक गौ पुजा गरियो । भूमि सुधार तथा ब्यवस्था मन्त्री विक्रम पाण्डेको प्रमुख आतिथ्यमा सामुहिक गौपुजन कार्यक्रम भएको थियो ।
मन्त्री पाण्डेले परिषदको गौशालमामा रहेका गाईहरुको पुजा गरी कार्यक्रमको उद्घटान गरेका थिए । कार्यक्रममा सांसद तथा एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल, नेपाली कांग्रेसका सांसद रामकृष्ण घिमिरे, गीता वाग्ले प्रहरी प्रमुख बसन्तराज कुवँर, परिषदका संरक्षक योगी शिरिषनाथ लगायत संघसंस्था प्रतिनिधिहरु र स्थानीयको बाक्लो उपस्थिति थियो ।
कार्यक्रमा गौ संरक्षण र सेवामा लागि परेकाहरुलाई सम्मान गरिएको थियो । परिषद् गौ संरक्षण समितिका संयोजक टंकनाथ पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । आध्यात्मि परिषदका अध्यक्ष शान्तप्रसाद पोखरेलले लक्ष्मीको प्रतिकको रुपमा रहेकी गौमाताको सामुहिक गौँपुजन कार्यक्रम गरिएको बताए । परिषद्बाट सञ्चालित सो गौसलामा स्थानीय जातका २ सय ७ भन्दा बढी गाई छन् ।