१२ बैशाख २०८१, बुधबार
Follow Us

संस्थागत विद्यालय शिक्षक युनियमा सुरेश भट्ट नेतृत्वमा नयाँ कार्यसमिति

नेपालब्रिटेन डट कम्
१५ असार २०७६, आईतवार ०६:२४

काठमाडौँ– संस्थागत विद्यालय शिक्षक युनियनले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा गरिएको चौंथो काठमाडौँ जिल्ला अधिवेशनबाट सुरेस भट्टको अध्यक्षतामा २१ कार्यसमिति चयन गरिएको हो ।
कार्यक्रम उद्घाटनसत्र र बन्दसत्र गरी दुई भागमा बाँडिएको थियो । भूपाल उप्रेतीले सञ्चालन गरेको कार्यक्रमको सभापति सुरेन्द्र भट्टले भूमिका निभाए । कार्यक्रमको प्रमुख अतिथिको रूपमा मोतीराम फुयाँल थिए । भीम क्षेत्री, गीता राणा, तारापति खरेल विशेष अतिथिको रूपमा थिए ।
कार्यक्रमको अतिथिहरूमा नारायण पौडेल, सुधीर झा, हरिकृष्ण ण्काल, रामकृष्ण थापा, के.पी पाठक, महानगरीय प्रहरी कमलपोखरीका प्रतिनिधि टंक थापा (के.सी) रहेका थिए । अन्य अतिथिहरूमा विष्णु पराजुली, हरि श्रेष्ठ, कमलदिल मिया, विष्णु पनेरु, सुरेन्द्र मिश्र, राजेन्द्र बस्नेत, हेमराज आचार्य, कोषबहादुर जि.सी रहेका थिए ।
त्यसैगरी बन्दसत्रबाट नयाँ कार्यसमितिको चयन गरियो । नयाँ कार्यसमतिमिा अध्यक्ष सुरेश भट्टसहित उपाध्यक्ष सन्तोष जि सि, महिला उपाध्यक्ष नितु झा, सचिब भुपाल उप्रेती, सह सचिब ओमनाथ कडरिया, कोषाध्यक्ष रमेश बराल छन् ।
सदस्यहरूमा सरोज श्रेष्ठ, भरत चन्द कृष्णप्रसाद गौतम, कुस्मिता तिवारी, कमल लामिछाने, सुदिप श्रेष्ठ, सराम महत, विप्लव भट्टराई, गणेश गुरागाईं, कर्ण राई, नवीन कौनजीया, दिनेश अधिकारी, शर्मिला ओझा हेमन्त पराजुली र रामनरेश राय छन् ।
कार्यक्रकमा शिक्षा व्यवसायी र सरोकारवालाहरूले शिक्षा गुणस्तर वृद्धि गर्नुपर्ने बताए । उनीहरूले सर्वसुलभ र गुणस्तरीय शिक्षाको सुनिश्चितता, संघीय शिक्षा ऐनले तोके बमोजिम नियुक्तिपत्र, तलब, सेवा सुविधाको काग अघि सारे । त्यसैगरी निजी विदालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउन माग गर्दे नेपाल सरकारले २०७६÷७७ को बजेट मार्फत् बढाइएका १८–२ण् प्रतिशत तलब तत्काल बढाएर दिन आग्रह गरे ।
संस्थागत विद्यालय शिक्षक युनियन निजी विद्यालयहरूमा कार्यरत करिब १ लाख ५० हजारको संख्यामा रहेका शिक्षक कर्मचारीहरूको पेसागत युनियन हो । यसले संस्थागत विद्यालयका शिक्षकहरूको हक अधिकारका लागि आवाज उठाउँदै आएको छ ।
‘संस्थागत विदायमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारी एक होऔँ’ भन्ने नारासहित युनियन २०६० सालमा स्थापना भएको हो । यसको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौँमा छ ।