१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कुवेतमा नेपाली काङ्ग्रेसको कार्यकर्ता जागरण अभियान

नेपालब्रिटेन डट कम्
१५ असार २०७६, आईतवार ०६:२७

माधव शाही ।

कुवेत । नेपाली काङ्ग्रेसको प्रवास विभाग सङ्गठन नेपाली जनसम्पर्क समितिको कार्यकर्ता जागरण अभियान शुक्रबार कुवेतमा पनि सम्पन्न भएको छ।

‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र हाम्रो आदर्श, आजको आवश्यकता हो।’ भन्ने नारासहित जनसम्पर्क कुवेत शाखाले जिलिबस्थित पपिन्स हलमा उक्त जागरण अभियान आयोजना गरेको थियो।

समितिका सभापति कल्याण कुमार श्रेष्ठको अध्यक्षता तथा समितिका महामन्त्री कृष्ण बहादुर तामाङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा कुवेतमा कार्यरत रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको बाक्लो उपस्थिति थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष नवराज पन्थी, एनआरएनए कुवेतका अध्यक्ष सुमित्रादेवी पौडेल, प्रवासी मञ्चका युवराज गैरे, समाजवादी पार्टीका उपाध्यक्ष जयनारायण माझी थारू, एनआरएनए कुवेतका महासचिव हरि लावती र डिसि नेपाल डटकमका कुवेत प्रतिनिधि माधब शाहीले मन्तव्य राखेका थिए।

जागरण अभियानबारे समितिका सल्लाहकार मन्जित राई, सल्लाहकार राजेन्द्र विरही र समितिकै वरिष्ठ उपाध्यक्ष माधव शर्माले जागरण अभियान बारे प्रष्ट्याएका थिए।

समितिका सभापति, वरिष्ठ उपाध्यक्ष, सल्लाहकार र अन्य पदाधिकारीहरूले झण्डै २५ जना नव आगन्तुकहरूलाई नेपाली काङ्ग्रेसको सदस्यतासमेत प्रदान गरेका थिए। जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन अगस्ट १६ मा गर्ने भएको समेत जानकारी दिइएको थियो।