७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन युगाण्डाको अध्यक्षमा थापा

नेपालब्रिटेन डट कम्
१५ असार २०७६, आईतवार ११:३४

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद, युगान्डाको अधिवेशनबाट विनोद थापा निर्वाचित भएका छन् ।

थापा अध्यक्षका अर्का प्रत्यासी राजमणी भण्डारीलाई ११ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
८२ मतदाता रहेको युगान्डामा ४५ सदस्य मतदानमा सहभागि रहेका थिए । जसअनुसार भण्डारीको पक्षमा १७ र विनोद थापाको पक्षमा २८ मत खसेको थियो ।
निर्वाचन सम्पन्न गर्न जीवनाथ पंगेनी, नरेन शर्मा र रमेश कंडेल गरि ३ सदस्यीय निर्वाचन समिति बनाइएको थियो ।

महिला संयोजकमा गरिमा बस्नेत समर्वसम्मत निर्वाचित हुँदा १५ सदस्सीय कार्यसमितिको उपाध्यक्षमा प्रेम श्रेष्ठ , महिला उपाध्यक्षमा तारा गिरि, महासचिवमा कमल दत्त भट्ट, सचिवमा धनराज गिरि, कोषाध्यक्षमा सन्जिव शर्मा , सहकोषाध्यक्षमा कल्पना अर्याल गैरे, युवा संयोजकमा तेजेन्द्र विवश र प्रवक्तामा निमेष श्रेष्ठ निर्वाचित भएका छन् ।
यसैगरी सदस्यमा गणेश कार्की, श्रवण झा, रमा अर्याल र तेज खड्का
निक्कु केसी निर्वाचित भएका छ्न।