१२ बैशाख २०८१, बुधबार
Follow Us

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी ३० वर्षपछि पक्राउ

नेपालब्रिटेन डट कम्
१५ असार २०७६, आईतवार ११:३९

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी लमजुङ दुधपोखरी गाउँपालिका(४ बस्ने भ्याण्टे कामीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भ्याण्टे समेतका ५ जनाले ३० वर्षअघि २०४६ भदौ ३ गते साँझ लमजुङ दुधपोखरी गाउँपालिका(४ स्थित कोदो बारीमा तनहुँ भानु(८ तुरतुरे बस्ने गोरखाका २७ वर्षीय बेद प्रसाद पोखरेललाई लुटपाट गर्ने योजना सहित ढुङ्गा प्रहार गरी मारेर उनको साथमा रहेको ४ हजार रुपैयाँ लिई शव स्थानीय चेपे खोलामा फाली दिएको कर्तव्य ज्यान मुद्दामा अभियुक्त उपर जिल्ला अदालत लमजुङको २०४८ फागुन १३ गतेको फैसलाले २० वर्ष कैद तोकिएको थियो ।

वारदात पश्चात फरार रहेका भ्याण्टेलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत लमजुङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय लमजुङ पठाइएको छ ।