१२ बैशाख २०८१, बुधबार
Follow Us

डोनाल्ड ट्रम्प उत्तर कोरियामा

नेपालब्रिटेन डट कम्
१५ असार २०७६, आईतवार ११:४२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई उत्तर र दक्षिण कोरिया छुट्टाउने सिमानामा भेटेका छन् ।
त्यसपछि बोल्ने क्रममा किमले आफूले राष्ट्रपति ट्रम्पले सो ठाँउमा भेट्ने कहिले आशा नगरेको बताए ।

भेटका क्रममा दुई नेताले हात मिलाए पछि ट्रम्पले उत्तर कोरियाली भूमि टेकेका छन् । ट्रम्प उत्तर कोरियाली सर्वोेच्च नेता किम जोङ–उनसँगै उत्तर कोरियाली भूमि तर्फ हिडेर गएका थिए । यो सँगै किम उत्तर कोरिया भूमि टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।
उत्तर कोरियाली भूमि टेकेपछि ट्रम्प पुनः दक्षिण कोरिया फर्किएका थिए । त्यहाँ उनलाई दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले पर्खिरहेका थिए ।