१३ बैशाख २०८१, बिहीबार
Follow Us

असार १५ को धान दिवस (फोटोफिचर)

sarusaru
१५ असार २०७६, आईतवार १२:०९

काठमाडौं। मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइएको छ । सरकारले आज धान दिवसको औपचारिक कार्यक्रम धादिङमा आयोजना गर्यो । धादिङको धुनेवेसी नगरपालिका –२ महेशफाँटमा कार्यक्रम आयोजना गरियो ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल र वातावरण संरक्षण तथा विकास समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र भिजिट नेपाल २०२० ले प्रवद्र्धन गरेका थिए । गटएड अर्गानिक रिसर्च सेन्टरले स्थानीय व्यवस्थापन गरेको थियो ।