१५ चैत्र २०८०, बिहीबार
Follow Us

सर्लाहीमा प्रहरीको गोलि लागि १ मृत्यु, ३ घाइते र ८ प्रहरी घाइते

नेपालब्रिटेन डट कम्
१५ असार २०७६, आईतवार १३:४८

जनकपुर । सर्लाहीमा प्रहरीको गोलि लागि एक जनाको मृत्यु भएको छ । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा एकजना प्रदर्शनकारीको मृत्यु भएको हो ।
सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित बाँकेमा भएको झडपमा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएको छ। त्यस्तै स्थानीयहरुको ढुंगामुढाबाट ८ जना प्रहरी घाइते भएको जनाइएको छ ।

ईश्वरपुर नगरपालिका बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा शनिवार डुबेर एक जना बालकको ज्यान गएको थियो। ईश्वरपुर नगरपालिका वडा नम्बर१३ बस्ने लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको शब आइतवार विहान खाल्टोबाट निकालिएको थियो ।
अबैध उत्खनन्ले बनेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि त्यसको विरोधमा क्षतिपुर्ती माग गर्दै आज राजमार्ग अबरुद्ध गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको थियो ।
सडक खुलाउन पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीबीच झडप भएपछि अवस्था तनावग्रस्त बनेको छ ।