७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल प्रहरीद्वारा ९९ हजार ५ सय २५ वटा विरूवा वृक्षारोपण

नेपालब्रिटेन डट कम्
१५ असार २०७६, आईतवार १५:२८

काठमाडौं-राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा एक प्रहरी कर्मचारीले कम्तीमा २ वटा फलफुल विरूवाको वृक्षारोपण गर्ने अभियान अन्तर्गत नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय लगायत देशभरिकै विभिन्न प्रहरी कार्यालय परिसरमा विभिन्न जातका ९९ हजार ५ सय २५ वटा विरूवा वृक्षारोपण गरेको छ ।
नेपाल सरकारको ‘एक नागरिक एक फलफुल विरूवा रोपण अभियान’ अन्तर्गत वातावरण संरक्षण गर्ने उद्देश्य सहित सम्बन्धित क्षेत्रका वन कार्यालय तथा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय जनसमुदायसँगको समन्वयमा सम्पूर्ण प्रहरी कार्यालय परिसरभित्र र बाहिर तथा सार्वजनिक स्थानमा गरी उक्त संख्यामा वृक्षारोपण गरिएको हो ।
नेपाल सरकारको उक्त वृक्षारोपण अभियानलाई उच्च महत्व दिएर सफल कार्यान्वयनका लागि सक्रिय रुपमा सहभागी भएको नेपाल प्रहरीले जनाएको छ ।