नेपाल युवा जनसंख्या भएको देश । र, श्रम गर्न नहिचकिचाउने, श्रम गर्न रुचि राख्ने जनताको देश । श्रम गर्न रुचि राख्ने भएको हुनाले र इमानदारिताका साथ श्रममा संलग्न हुने भएकै हुनाले वैदेशिक रोजगारीमा समेत नेपालीहरु रोजगार दाताहरुको छनोटमा पर्छन । किन छनोटमा पर्छन भन्दा इमानदारीताका साथ श्रमप्रति रुचि राखेर नेपालीहरु काम गर्छन, त्यसकारण ।फेरि पनि नेपालीहरु बेरोजगार छन् । यहाँनिर दुईओटा कुरा नमिलेका छन्, एउटा हामीले विकास गर्ने अभिलाषा राखेका छौं, विकास गर्न चाहन्छौं । एकातिर देश विकास गर्न चाहन्छौं । विकास गर्न काम गर्नु पर्छ । काम गर्न अवसर नपाएर युवाहरुको ठूलो संख्या बाहिर गएको छ । बाँकी संख्या बेरोजगार छ ।
विकास गर्ने हो भने हामीले रोजगारीका अवसर सिर्जनागर्नै पर्दछ । रोजगारीका अवसरहरुलाई आकर्षक बनाउँनै पर्दछ । यदि रोजगारीआकर्षक भएन भने आजको खुला दुनियाँमा जहाँ आकर्षण छ, जहाँ आकर्षक रोजगारी छ, त्यतापट्टि मान्छेको फ्लो जाने सम्भावना हुन्छ ।
त्यसकारण हामीले रोजगारीका अवसरहरु सिर्जना गर्ने मात्रै होइन । आकर्षक रोजगारीका अवसरहरु सिर्जना गर्नु पर्दछ ।आकर्षक भित्र कामका स्थानहरुमा, कामका थलोहरुमा, कार्यक्षेत्रमा सम्मानजनक, उपयुक्त वातावरण र उपयुक्त पारिश्रमीकको व्यवस्था । सम्मानजनक काम र कमसेकम न्यूनतमा आवश्यकता पुग्ने गरिको पारिश्रमीक । त्यस दिशामा जानु पर्ने हुन्छ ।
रोजगारी भनेको जागिर मात्र होइन
कुरा रोजगारी भनेको–जागिर मात्रै होइन । रोजगारी भनेको–श्रम बेच्ने मात्रै होइन, श्रम गर्ने पनि हो । आफैले श्रम सिर्जनागर्ने, आफ्नो निम्ति आफैले श्रम सिर्जनागर्नेआफैँ उत्पादनका, आफ्नै उत्पादनका कामहरुमा लाग्ने त्यो वातावरण पनि बनाउनु पर्छ ।
अहिले हामीले जति बढी मात्रमा आधुनिकीकरण गर्न सक्छौं देशलाई, आधुनिकीकरण तर्फको यात्रालाई अगाडि बढाउन सक्छौं, जति मात्रामा औधोगिकिकरणको यात्रालाई अगाडि बढाउँन सक्छौं । त्यति बढी मात्रामा रोजगारीका अवसरहरु सिर्जना हुन सक्छन् र हामी हाम्रा समस्याहरुको समाधान गर्न सक्छौं ।त्यसका निम्ति हामीले एउटा त शिक्षा क्षेत्रबाट बेरोजगार उत्पादन हुने शिक्षालाई रोजगार उत्पादन गर्ने,रोजगार दिने, सीप दिने, क्षमता दिने, अध्ययन गरिसकेपछि त्यो अध्ययन आफै समस्या नहोस् । कुनै शैक्षिक प्रमाण पत्र समस्या नहोस् । शैक्षिक प्रमाण पत्र समस्याको समाधान बन्न सकोस् । शैक्षिक स्तरले समस्याको समाधान दिन सकोस् । हामीकहाँ शैक्षिक स्तरले समस्याको समाधान दिदैन । आम रुपमा त्यस स्थितिले बेरोजगारीको अवस्था अन्त्य गर्दैन । बेरोजगारीको जुन चर्चा हामी गरिरहेका छौं, त्यो चर्चा शिक्षाको पद्धतीसँग, शिक्षाको अवस्थासँग पनि जोडिएको छ ।
त्यस कारण अहिले सरकारले शिक्षालाई जीवन उपयोगी शिक्षा भनेर नामाकरण गरेको छ । जीवन उपयोगी । शिक्षा प्राप्त गर्ने मान्छेले आफ्ना निम्ति जीवन सहज, सरल बनाउन सकोस् र समाजका निम्ति उसको जीवन, उसको उपस्थिति, उसको शिक्षा उपयोगी हुन सकोस् ।
आफ्ना निम्ति जीवनलाई सरल, सहज बनाउन सहयोगी हुने र घर, परिवार, छिमेकी आफ्नो समाज, आफ्नो देशको लागि उपयोगी हुने शिक्षा । शिक्षामा यता जोड दिएपछि हामीले बेरोजगारको समस्या, बेरोजगारीको समस्या त्यति झेल्नु पर्ने अवस्था बन्दैन् ।
बेरोजगारी समस्याको समाधान,कृषिको आधुनिकीकरण
हामीले हाम्रो जनसंख्या कहाँनिर अल्झिएको छ भनेर हेर्नु पर्ने छ । हाम्रो जनसंख्या लगभग दुई तिहाइको जनसंख्या कृषिमा अल्झिएको छ । कृषिमा अल्झिएको जनसंख्या यात अल्प रोजगारमा छ, पुरानो ढाँचाको कृषि र त्यसले छेउमा फेरि अरु अवसरहरु सिर्जना गर्दैन । श्रमका, कामका अन्य अवसरहरु सिर्जना गर्दैन । पुरानो ढाँचाको छ । आधुनिक छैन्, पुरानो छ । ठूलो स्केलमा छैन, सानो स्केलमा छ । हाम्रो जमिन ससानो टुक्राहरुमा छ । उत्पादन सानो स्केलमा छ । एउटाले अलिकति करेला उत्पादन गर्छ–खाई सक्दैन, विक्री हुदैन । अर्काले अलिकति घिरौंला उत्पादन गर्छ खाइसक्दैन्, विक्री हुदैन । अर्काले अलिकति अदुवा उत्पादन गर्छ, खाइपनि सक्दैन, विक्री पनि हुदैन । त्यसो भएपछि अलिकति बढी उत्पान हुदा पनि उसको बजारसम्म पुग्ने हैसियतको उसको उत्पादन हुदैन । बजारसम्म पुग्ने उसको उत्पादनले ल्याकत राख्दैन । किन किसानहरुले समय समयमा हामी देख्छौं दुध पोखेको, हामी देख्छौं टमाटर सडकमा छरेको, हामी देख्छौं घिरौंला सडकमा छरेको, हामी देख्छौं सिमी सडकमा छरेको, अनि ट्रक आएर सडकमा कुद्दा त कुल्चिन्छ । अनि कुल्चिए पछि किसानले अाँशु खसाउँछन् । मेरो यत्रो मेहनत यसरी कुल्चियो भनेर । किनभने उसले थोरै उत्पादन हुन्छ, त्यो बजार जान सक्दैन् । ठूलो परिमाणमा उत्पादन भए बजारमा जान सक्थ्यो । ठूलो परिमाणमा उत्पादन भए त्यसले साइड जव क्रिएट गर्दथ्यो अरु । त्यसले मलका लागि पशुपालन गर्दथ्यो होला । त्यसबाट दुग्ध उत्पादन हुन्थ्यो होला । दुग्धजन्य उत्पादनको अर्को कारोवार हुन्थ्यो होला । अरु विभिन्न खालका ठूला स्केलमा हुँदा अरु त्यहाँ प्रशोधनका कामहरु गर्दथ्यो होला । अथवा अरु त्यसका साइड जबहरु थुप्रो निस्किन्थ्ये । त्यस्तो नभएपछि साइड जव निस्किदैन ।
यस कारण कृषिको आधुनिकीकरण यदि हामीले बेरोजगारी समस्याको समाधान गर्ने हो भने, कृषिमा अल्झिएका मानिसहरु एकैपटक औधोगिक उत्पादनमा जान पनि सक्दैनन् किनभने उनीहरुसँग त्यो सीप छैन् ।त्यस व्यवसायसँग पहिचान, परिचय छैन् । त्यो व्यवसायमा उनीहरु परिचित छैनन् र त्यसमा अभ्यस्त हुन सक्दैनन् । त्यस कारण उनीहरुलाई क्रमश अभ्यस्त गर्नका लागि शिक्षाबाट, आधुनिकीकरणबाट, सीप विकासबाट, व्यवसायीक तालिमबाट,साइड जवको क्रिएशनबाट उनीहरुलाई नयाँ ढंगले, नयाँ श्रमको क्षेत्रमा स्तान्तरण गर्दै जानुपर्छ ।
सीपलाई सम्भावनासँग जोडौं
आज हामीले सोच्नु पर्ने कुरा भित्र–एउटा प्रकारको पेशाबाट अर्को प्रकारको पेशामा स्तान्तरण गर्ने । साधारणतया कृषिबाट–उद्योग, सेवा, व्यापारका क्षेत्रहरु, पर्यटनका क्षेत्रहरु यतापट्टि स्तान्तरण गर्ने । तर त्यो स्तान्तरण गर्न हामीले योजनाबद्ध कुन ठाउँमा कस्तो प्रकारको सीप, यतिकै एउटा सीपको लागि सीप तालिम केन्द्र खोल्यो तर त्यो विक्री हुदैन त्यसपछि त्यो काम लाग्दैन ।
अघि भर्खर हामीले केश काट्ने तालिमको कुरा सुन्यौं । यसो मास्टर्स गरेकोले केश काटेको पनि देख्यौं राम्रै लाग्यो एकछिनलाई। तर, एक ठाउँमा केश काट्ने तालिमको केन्द्र खोलिएछ । एउटा नगरपालिकाले खोल्यो, त्यहाँ थुप्रो युवाहरुले केश काट्न सिके । केश काट्न मान्छेका टाउका त चाहिए । सिके थुपै्रले टाउका छैनन् केश काट्ने । अब समस्या त त्यहाँ प¥यो । तालिम प्राप्त गरे, सीप भयो । तर, सीप काम नलाग्ने, विक्री नहुने, प्रयोगमा नआउने । महिनामा एक जनाको केश काट्न नपाएपछि अनि त्यो तालिम के काम लाग्यो ?
त्यस कारण हामीले तालिम रोजगारीका अवसरहरुसँग जोडेर कुन काम हाम्रो अगाडि छ ? कुन तालिम दिदा खेरि त्यो व्यवहारिमा कार्यान्वयन हुन सक्छ ? त्यस कारणएकातिर काम, एकातिर सीप सँगसँगै जोडेर कामका लागि व्यवसायीक कामसँग सम्बन्धित तालिम । सीपको विकास त्यसकामबाट । यसरी लगेर जोड्यौं भने मात्र हाम्रा तालिमहरु उपयोगी हुन सक्छन्–सम्भावनाहरुसँग जोडेर दिएको तालिम मात्रै । सम्भावनाहरुसँग जोडिएन भने त्यो सीप काम लाग्दैन् । त्यसकारण हाम्रो बजार हेरेर, श्रम हेरेर, काम हेरेर उत्पादन र श्रमको तयारी । त्यस अनुसारको योजनाबद्ध गर्न जरुरी छ भन्ने मलाई लाग्छ ।

जमिन बाँझै छोड्ने,रोजगारीका लागि भौतारिने
हामीसँग युवा जनसंख्या छ । तर,जति बेरोजगारीको चर्चा छ यो मेरो विचारमा वास्तविक बेरोजगारी चाँहि होइन् । मसँग जमिन छ । मसँग मान्छे पनि छन् । तर, जमिन बाँझै छ, मान्छेले त्यहाँ काम गर्दैनन् । अनि बेरोजगारी सिर्जना भएको छ । मसँग जमिन छ । मसँग त्यो जमिनमा काम गर्ने मान्छे छ । जमिन बाँझै छ, मान्छे बेरोजगार छ । यो त आम कुरा भएको छ नि हाम्रो ।अब यसलाई आधुनिक कृषि तर्फ, त्यसै कारण मैले भने आधुनिकीकरण, व्यवसायिकीकरण, औधोगिकरणतिर लानु पर्छ र क्रमश त्यो स्थानन्तरणको बाटोमा लानुपर्छ भनेको हो ।
त्यहीँ ठाउँमा अलिकति आधुनिक कृषि ग¥यो भने कृषिलाई पनि हरेक श्रमको क्षेत्रलाई, कामको क्षेत्रलाई सम्मानजनक क्षेत्रको रुपमा बुझ्ने र त्यो सम्मानजनक क्षेत्रले आम्दानी पनि दिन सकोस् । अब पुरानै ढाँचाले गर्दा कृषिले आम्दानी दिन सक्दैन्,लागत उठ्दैन । त्यसकारण मान्छेले कृषिमा काम गर्दैनन् । आकर्षक हुदैन । त्यसलाई आकर्षक बनाउनको लागि आधुनिकीकरणमा जानु पर्छ । व्यवसायिकीकरणमा जानु पर्छ र ठूलो उत्पादन, ठूलो स्केलको उत्पादनमा जानु पर्छ । बरु हामी सहकारीहरुलाई यसमा उपयोग गर्न सक्छौं । होइन भने एउटै ठाउँमा किसानहरुलाई अभिप्रेरित गर्न सक्छौंकी एकै प्रकारको उत्पादन गरुन ।
अघि हामीले खाडीका देशहरुमा निर्यात गदै गरेको करेला सरेलाको देख्यौं हामीले । एक तिहाइ पनि हामीले पठाउन सकेका छैनौं । किन हाम्रोमा उत्पादन नहुने त होइन तर त्यो कुन उत्पादन कसरी गर्ने त्यो थाहा छैन् । त्यो उत्पादन भयो भने कसरी पठाउँने थाहा छैन्के हो । निर्यातक, उत्पादक, उपभोक्ता यसका विचमा समन्वयात्मक काम हुन सक्यो भने र उत्पादकहरुले कमसेकम एउटा क्षेत्रमा, एउटा इलाकामा एकै प्रकारको उत्पादन ग¥यो भने । अब चार ओटा बोट सुन्तला लगायो डोकामा बोकेर उसले विदेश पठाउँन सक्दैन् । दुई ओटा बोट आँप लगायो उसले बजार पठाउन सक्दैन् । त्यस कारण बजार पु¥याउँनेगरी । कृषि उपजनै दुनियाँलाई चाहिएको छ, हाम्रोमा अत्यन्त उर्वर जमिन छ ।
हाम्रोमा खास सिंचाइको प्रबन्ध पनि छैन् ।अरबका देशहरुमा जस्तो तार लगेर हरेक विरुवाको फेदफेदमा लगेर जडान गर्नु पनि पर्दैन । पानी पनि पर्छ, कुलो पनि लाग्छ । कुलो नलगाए पनि परेकै पानीले पनि फलफूललाई पुग्छ । तर हामी त्यस स्केलमा गरिरहेका छैनौँ ।
अर्को औद्योगिकरण गर्ने कुरामा, आधुनिकीकरण गर्ने कुरामा हाम्रो पर्याप्त ध्यान गएको छैन । यो मैले कृषि क्षेत्रको एउटा सेक्टरको कुरा गरे । तर अब त्यसको आधुनिकीकरण गर्ने र त्यहाँबाट त्यो निस्क्रिय रहेको अर्धरोजगार अथवा अल्परोजगार अथवा बेरोजगार जुन जनसंख्या त्यहाँ अल्झिएको छ, त्यसलाई अन्त सिफ्ट गर्नु पर्ने छ । शिक्षाबाट, तालिमबाट, सीप विकासबाट अन्त लानुपर्छ र त्यसलाई योजनावद्ध ढंगले हामीले कुन कुन क्षेत्रमा लानुपर्छ ? त्यो गर्नु पर्छ ।

रोजगारीको सम्भावना र जनशक्तिको विष्लेषण गरौं
हामीले पहिले हाम्रो अवस्था र त्यसमा हाम्रो मानव संशाधनको स्थिति के छ ? कस्तो गर्नु पर्छ भनेर प्रक्षेपणको त्यो अध्ययन गरेर प्रक्षेपण गर्ने एउटा हामीले समिति बनायौँ । अस्तिको दिन बेलुका त्यस समितिले मलाई प्रतिवेदन बुझाएको छ ।
त्यस प्रतिवेदनले हामीलाई अब अलिक बढ्ता हाम्रा आवश्यकता कुन कुन क्षेत्रमा के हुन ? र, अरु त्यो आवश्यकता हामी कसरी कसरी पुरा गर्न सक्छौँ भन्ने त्यस प्रक्षेपणले हामीलाई अलिकति मार्गदर्शन गर्छ । र, मैले त्यो प्रक्षेपणको तयारी गर्ने, अध्ययन गर्ने त्यस टिमलाई फेरि भनेको छु कि तपाईहरुले फेरि यसलाई अझै अध्ययन गर्नुस् र थप प्रक्षेपण कुन क्षेत्रमा कति मान्छे चाहियो ? त्यो त्यसै गरी उत्पादन गर्ने ।
हामीलाई कृषि विशेषज्ञ कति चाहियो ? हामीलाई इन्जिनियर कति चाहियो ? हामीलाई म्यानेजमेन्टका दक्ष मानिसहरु कति चाहियो ? हामीलाई टुरिजममा कति चाहियो ? मेडिसिनमा कति चाहियो ? अरु विभिन्न सेक्टरहरुमा कति चाहिए ? हामीलाई टिचर कति चाहिन्छ ? कुन कुन विषयका टिचर कति चाहिन्छ ? यो अन्धाधुन्ध होइन, प्लानवेमा । हामीलाई यति चाहिन्छ, त्यस कारण कृषी विशेषज्ञ यति चाहिने भएको हुनाले यस यस ठाउँमा हामी कृषि क्याम्पसहरु खोल्छौँ र यसरी विज्ञहरु पैदा गर्छौँ ।
करिब करिब अबको दुई वर्ष देखि पाँच वर्षको अवधिमा यसलाई प्लान वे बाट हामीले यि समस्याहरुको समाधन दिन सक्छौ । जसले छोटा अवधिमा एउटा ठूलो रुपान्तरण ल्याउन सक्छ ।
यस प्रशंगमा आफ्नै ढंगले प्रयास गर्ने जस्तो हामीले कुनै इण्डष्ट्रियलिष्टलाई, व्यवसायीलाई यसो भनेका छैनौँ कि तपाईं यो काम गर्दिनुस्, यहाँ लगानी गर्नुस् । यति रोजगारी यसबाट सृजना हुन्छ, यहाँ बजार छ । त्यो हामीले भन्न सकेका छैनौँ । हामीले शिक्षामा लगानी गर्नेलाई यो भन्न सकेका छैनौँ कि हामीलाई यस विषयमा यति दक्ष जनशक्ति, शिक्षित जनशक्ति यस विषयमा चाहिएको छ, भन्न सकेका छैनौँ । तालिम दिने संस्थाहरुलाई यो भन्न सकेका छैनौँ कि यति मान्छे यस कामका लागि यसरी चाहियो । यो तालिम दिनुस् ।
अघि पूर्व मन्त्रीजीले भन्नु भयो, होला बाहिर गइएला भनेर भाषा पढ्छ के गर्छ भरै हुँदैन । किन त्यो प्लान वे मा होइन । मैले कलेज खोल्ने के का लागि ? भन्दा कुन ठाउँमा पसल खोल्नु र कलेज खोल्नु उस्तै छ । कुन ठाउँमा कलेज खोल्दा कति आम्दानी गर्न सकिन्छ ? योजनावद्ध छैन त्यो, आवश्यकता अनुसार होइन । लगानीको निम्तिको आवश्यकता, मेरो लगानीको प्रतिफल कति आउँछ भनेर ।
देशले मलाई भन्नु प¥र्यो, सरकारले मलाई भन्नु प¥र्यो एउटा लगानीकर्ताको हिसाबले हो भने यो ठाउँमा यो कलेज खोल्नुस् । यति यस्तो दक्षजनशक्ति, अथवा मलाई भन्नु प¥र्यो यो ठाउँमा इण्डष्ट्रि खोल्नुस् । सरकारले त्यो गर्न सकेको छैन । त्यो म स्वीकार्छु, अहिले सम्म त्यो सरकारले गर्न सक्ने अवस्थामा किन भने हाम्रो त्यस्तो सामाजिक अध्ययनै पर्याप्त भएन ।
हामी कुन अवस्थामा छौँ भन्ने अरुले गरिदिएका विश्लेषण, अरुले निकालि दिएका निष्कर्षहरुमा बढी आधारित छौँ । हाम्रो आफै, आफ्नै डिटेल नेशनल प्रोफाईल । त्यो हरेक चिजको प्रोफाईल चाहि हामीसँग आफ्नै चाहि छैन । त्यसो भएको हुनाले त्यो प्रोफाईल तयार गर्ने र त्यसका आधारमा हामीले जानु पर्ने, अगाडि बढ्नु पर्ने र समस्याको समाधानमा पुग्नु पर्ने आवश्यकता छ । यसका कामका निम्ति हाम्रा विकासका साझेदार मित्रहरुले हामीलाई सहयोग गरिरहनु भएको छ । यसमा म उहाँहरुलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । उहाँहरुले जुन हामीलाई विभिन्न कोणबाट आर्थिक सहयोग र साझेदारीको कोणबाट मात्रै होइन । अरु अनेक कोणबाट पनि सहयोग गरिरहनु भएको छ । म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । तर त्यस सहयोगलाई हामीले सदुपयोग गर्न सकिराखेको छैन । त्यसलाई व्यवस्थित ढंगले प्रयोग गर्न सकिराखेको छैन । जो प्रतिफल दिने गरी उपयोगी हुन सकोस् । त्यस कारण हामीले त्यस दिशामा काम गर्न जरुरी छ ।
मलाई लाग्छ, यस गोष्ठीले यी विविध पक्षहरुमा नयाँ नयाँ क्षेत्रहरुले रोजगारीको अवसरहरु सृजना गरिराखेको छ । आधुनिकीकरणका बहुत आयामहरु, बहुत पक्षहरु छन् । त्यसले आईटी सेक्टर देखि लिएर थुप्रै सेक्टरहरु छन् । जसले नयाँ नयाँ अवसरहरु सृजना गर्छ । अर्को कुरो हाम्रो देशमा निर्यातका निम्ति हाम्रो परम्परा, हामी एउटा परम्परा भएको देश हौँ, इतिहास भएको देश हौँ, संस्कृति भएको देश हौँ र हाम्रा पुरातात्विक चिजहरु थुप्रो छन् । र, त्यो पुरातात्विकता हाम्रो इतिहास, हाम्रो परम्परा त्यससँग आधारित चिजहरु त्यो आफैमा विश्वका निम्ति एउटा आकर्षणको कुरा हो ।
मैले थुप्रै ठाउँमा भन्ने गरेको छु, त्यसको हाम्रा उत्पादनहरु र निर्यातसँग पनि सम्बन्धित छ । हामी हाम्रो कलाको निर्यात गर्न सक्दछौँ । हामी हाम्रो परम्पराको प्रतिविम्व विश्वलाई जानकारी गराउने गरीका विभिन्न वस्तुहरु उत्पादन गर्न सक्दछौँ । हाम्रो काष्ठकला, हाम्रो मुर्तीकला, हाम्रा अरु विभिन्न कलाहरु, तिनीहरु दुनियाँका लागि आश्चर्यका विषय छन् । विश्वमा सब भन्दा पुराना मन्दिर खोज्नु पर्छ भने नेपालमा आउनुपर्छ । विश्वका सबभन्दा पुराना देव प्रतिमा खोज्नु पर्छ भने यहाँ आउनु पर्छ ।
१८ सय वर्ष देखि चाँगुनारायण डाडाँमा उभिएर सभ्यताहरुको उत्पत्ति, विकास अनेक हेरिरहेका छन् । पेरिस कसरी पैदा भयो ? कसरी बन्यो ? कसरी उठ्यो ? चाँगुनारायणले हेरिराखेको छ । लण्डन कसरी उदायो ? कोलम्बसले अमेरिका कसरी पत्ता लगाए ? केपटाउन हुँदै कसरी वेष्टइन्डिज तिर पुगेर झुक्किएर इन्डिया ठाने चाँगुनारायण मुस्कुराएर हेरिराखेका थिए । त्यो सानो कुरा होइन । त्यस कारण हामीसँग यो सब कुराहरु छ । जो हाम्रो सम्पदा हो, हाम्रो सम्पत्ति हो ।

हिमाली मिनरल वाटर बेच्न सक्छौं
हामी पानी पनि साच्चैको हिमाली मिनरल वाटर बेच्न सक्छौँ, पानी पनि । हिमाली हावा, हिमाली मिनरल वाटर, यार्सागुम्बा खादै हुर्किएको, चांैरीको दुध र याक बेच्न सक्छौँ, चिज बेच्न सक्छौँ । हामी यार्सागुम्बा खाएको च्याङ्गराको मासु बेच्न सक्छौँ । त्यसको प्राइस बेग्लै हुन्छ । तर, हामीले ति चिजहरु गरिराखेका छैनौँ ।
त्यस कारण यस्ता रोजगारीका अवसरहरु सृृजना गर्ने ठाउँहरु थुप्रो छन् हामीसँग । खाली कहाँ के गर्ने र कसो गर्ने भन्ने योजनाको अभाव छ र सरकार त्यसमा गम्भिर छ । त्यो गम्भिरताका साथ अगाडि बढ्न चाहन्छ ।
प्रतिपक्षलाई आग्रह ः मिलेर देश बनाउँ
हाम्रो देशको विकास, हाम्रो आवश्यकता कर्तव्य हो । आजको सरकारमा छ ? को प्रतिपक्षमा छौँ? त्यो बेग्लै कुरा हो । तर सत्तापक्षमा भए पनि प्रतिपक्षमा भएपनि यो त आवधिक कुरा होला । निर्वाचन देखि निर्वाचन सम्मको सत्ता पक्ष र प्रतिपक्ष हुन्छन् । फेरि निर्वाचनमा अर्को कुरा हामीले जनताको अगाडि फेरि जनताको अभिमत के छ भनेर जानुपर्छ । ति हाम्रा लोकतन्त्रका प्रकृयाहरु, हामीले छानेर ल्याएका प्रकृया छदैछ । तर यो देशको विकास, यसको समृद्धि हामी सबैको आवश्यकता हो र हामी सबैको कर्तव्य पनि हो ।
त्यस कारण सरकारको तर्फबाट गर्न पर्ने कुराहरु, अपनाउनु पर्ने सबैसँगको सहयोग कसरी लिने त्यस सम्बन्धमा सरकार सजग छ । र, सरकारको तर्फबाट त्यसमा पनि प्रतिपक्षसँग मिलेर काम गर्न सरकार सदैव तत्पर, इच्छुक, उत्कट, अविलाषा राख्दछ ।
म प्रतिपक्षलाई पनि आग्रह गर्न चाहन्छु, हामी सँगै मिलेर काम गरौँ, देश साझा हो । स्वभाविक हो सरकारमा हुनेलाई सरकार राम्रै लागेको होला ? प्रतिपक्षमा हुनेलाई आफु हुनुपर्दथ्यो यो सरकारमा यो सरकार भएको नराम्रो लागेको होला ? त्यो त हामी छलफल गरौँला । पछि जनताले फैसला गर्छ नि त केही बिग्रेन । तर, देश विकासको काममा सँगै जाउँ न । किन भोलि तपाई र मेरा छोरा छोरी, नाति नातिनीहरु पढ्ने विद्यालय तिनै हुन । स्कूलको, क्यापसको, विश्वविद्यालयको पाठ्यक्रम त्यहीँ हो ।
रोजगारीका अवसरहरु पर्याप्त सृजना हुन्थ्यो भने, गरिबी निवारण हुन्थ्यो भने हिजोको व्यवस्थाले त्यो गरिदिएको भए आज हामी आधुनिक नेपालमा उभिएर आधुनिक नेपालको उचाईबाट ड्राइभ लिन सक्थ्यौँ । आज हामी किन सत्तपक्ष होस कि प्रतिपक्ष होस । हामीले त गरिबीको सामना गर्नै परेको छ ।
मेरो कार्यकाल सकंदा देशको परिस्थितीमा परिवर्तन ल्याउनेछु
अब हामीले भावि सन्ततीलाई यहीँ गरिबीको सामना गर्ने परिस्थिति हस्तान्तरण गर्ने होइन, गर्न हुँदैन । हामीले परिस्थितिमा परिवर्तन ल्याउनु पर्छ । गरिबी हस्तारण गर्ने होइन, बेरोगजारी हस्तान्तरण गर्ने होइन । त्यस कारण म भन्न चाहन्छु, म मेरो कार्यकाल टुङ्गिदा यस स्थितिमा अधिकतम सकारात्मक परिवर्तन ल्याउछु, मैले सरकार छोड्दा परिस्थितिमा परिवर्तन ल्याएर गरेर देखाउने मेरो उद्देश्य छ । त्यो मेरा लागि होइन, त्यो देशका लागि हो । मैले राम्रो काम गरे भने मेरो राम्रो कामको नाम नलिए हुन्छ, चर्चा नगरे हुन्छ । कहीं कसैले लेख्यो भने च्यातेर फ्याकिदिए हुन्छ डस्बिनमा । तर काम त हुनु प¥र्यो । म परिवर्तन चाँहि ल्याएर छोड्नेसंकल्पमा छु । त्यो संकल्पका लागि हामी सबै मिलेर काम गरौँ । मेरो आग्रह अनुरोध छ, हाम्रो निम्ति हो, हाम्रा सन्तानका निम्ति हो । कमसेकम हाम्रा छोरा छोरी, नाती नातिनीहरुलाई माया गरौँ । सुन्दर सुरक्षित धर्ती, समृद्ध नेपाल सुखी नेपाली यही बनाउँ ।
यस गोष्ठीले यस दिशामा काम गर्ने विषय लिएको छ । त्यस कारण योगदान गर्ने छ भन्ने मैले विश्वास लिएको छु । मलाई बोलाउनु भयो, साथीहरुका बीचमा मैले केही कुराहरु राख्ने मौका पाए म आयोजकहरुलाई धन्यवाद भन्न चाहन्छु, यो भन्दा बढी सबै विषय मैले नै ओगटेर धेरै समय खर्च गर्नु छैन । तपाईंहरुले छलफल गर्न बाकीँ छ । त्यस कारण म यहाँहरुको छलफल फलदायी ढंगले अगाडि बढ्ने छ भन्ने अपेक्षाका साथ आफ्नो भनाई टुङ्गयाउछु । सबैको भलो होस्, धन्यवाद ।
( १५ असार, २०७६ मा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको मन्तव्यको पूर्ण पाठ )