१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विश्वकप क्रिकेटमा १९९२ पछि पहिलो पटक इंग्ल्याण्डले भारतलाई हरायो

नेपालब्रिटेन डट कम्
१५ असार २०७६, आईतवार १९:२३

विश्वकप क्रिकेटमा १९९२ पछि पहिलो पटक इंग्ल्याण्डले भारतलाई हरायो, शामीको ५ विकेट र रोहितको शतक काम लागेन ।
मोहम्मद शामीको ५ विकेट अनी रोहित शर्माको शतक पछि पनि भारतले आइसीसी विश्वकप क्रिकेटमा हार टार्न सकेन।

आइतवार भएको खेलमा घरेलु टोली इंग्ल्याण्डले भारतको ६ खेलको अपराजित यात्रा टुङ्गाउँदै ३१ रनको जित हात पारेको हो। यस विश्वकपमा भारतको यो पहिलो हार हो। इंग्ल्याण्डले २७ वर्षपछि भारतलाई विश्वकपमा पराजित गरेको हो। सन् १९९२ मा इंग्ल्याण्डले भारतलाई ९ रनले हराएको थियो।

इंग्ल्याण्डले दिएको ३३८ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३०६ रन मात्र बनाउन सक्यो।

जोनी बेयरस्टोबको शतक अनी लियम प्लनकट र क्रिस वोक्सले उत्कृष्ट बलिङ गरेपछि इंग्ल्याण्डले भारतलाई पराजित गर्दै अंक तालिकामा चौथो स्थानमा उक्लेको छ।