१४ बैशाख २०८१, शुक्रबार
Follow Us

महेन्द्रले यसरी गरेका थिए संसद भंग

नेपालब्रिटेन डट कम्
१६ असार २०७६, सोमबार ०२:०९

काठमाडौं–राजा महेन्द्रले ज्योतिषलाई नै साइत हेराएर संसद बैठक बोलाएपछि केही समयमै जननिर्वाचित संसद भंग भयो ।

२०१५ साल फागुन ७ गतेबाट सुरु भएको निर्वाचनको परिणाम छिटै आएपनि महेन्द्रलाई त्यो संसद जीवित गर्ने मन नभएकाले भंग गरिएको जान्ने बुझ्नेहरुको भनाई छ ।

संसद बैठक राती बोलाइएकोबारे संसद सचिवालयले प्रकाशित गरेको सूचना यस्तो थियो–नेपाल अधिराज्यको संविधानको धारा २६ अनुसार, श्री ५ बाट जनप्रतिनिधिलाई संसद २०१६ साल, असार १६ गते, रोज ३ मा रातको ११ः४५ बजे ग्यालरी बैठक, काठमाडौंमा आह्वान गरिबक्सेकाले सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

राजा महेन्द्रले पहिलो महासभालाई साउन ९ र दोस्रो सम्बोधन चैत १८ गते गरेका थिए । २०१५ साल जेठ २ गते सुवर्ण शमशेर राणाको नेतृत्वमा बनेको मन्त्रिपरिषद्ले निर्वाचन गराएको थियो । निर्वाचनपछि नेपाली काँग्रेसले बहुमत ल्यायो ।
त्यसपछि ०१६ जेठ १६ गते बिपी कोइराला प्रधानमन्त्री बने । तर, २०१७ पुस १ गते महेन्द्रले संसद भंग गरिदिए ।

सोमबार संघीय संसद भवन नयाँ वानेश्वरमा संसद दिवस मनाइँदैछ । हरेक वर्ष असार १६ लाई संसद दिवसको रुपमा मनाइने गरिएको छ। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।