११ बैशाख २०८१, मंगलवार
Follow Us

समाज कल्याण परिषद् को मातहत ?

नेपालब्रिटेन डट कम्
१६ असार २०७६, सोमबार ०२:१६

काठमाडौं– समाज कल्याण परिषद् महिला मन्त्रालय वा गृहमन्त्रालय मध्ये कोसँग रहने भन्ने विवाद सुरु भएको छ ।
महिला मन्त्रालयले केही दिनअघि एक कार्यदल गठन गरी परिषद्लाई आफू मातहत राख्न विधेयकको मस्यौदा तयार पारेको थियो ।
तर, गृह मन्त्रालयले सहमतिविपरित आफू मातहत ल्याउन अर्को विधेयक मस्यौदाको तयारी सुरु गरेको खबर नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।
प्रधानमन्त्री कार्यालयको निर्देशनमा महिला मन्त्रालयले केही दिनअघि एक कार्यदल गठन गरी विधेयक मस्यौदा बनाएको थियो ।