७ बैशाख २०८१, शुक्रबार
Follow Us

विवेकशील नेपालीको नीति सम्मेलन रोल्पामा सम्पन्न

sarusaru
१६ असार २०७६, सोमबार १२:०७

लिवाङ । विवेकशील नेपाली दलको नीति सम्मेलन रोल्पाको सदरमुकाम लिवाङमा सम्पन्न भएको छ ।

लिवाङमा १ सय ९६ जना पार्टी सदस्यहरूको उपस्थिति रहेको थियो भने करिब २ सय ५० जना सदस्यहरू नेपालभित्र र बाहिरबाट अनलाइनमार्फत सहभागी भएका थिए । नीति सम्मेलन असार १३ गतेदेखि १५ गते तीन दिनसम्म चलेको थियो ।

यस सम्मेलनले नेपाली राजनैतिक दलको इतिहासमा सम्भवतः नै पहिलो पटक सहभागितमूलक लोकतन्त्रको उच्चतम अभ्यास गर्दै विभिन्न नीति एवम् पार्टी विधान पारित गरेको विवेकशील नेपाली दलका प्रवक्ता मिलन पाण्डेको दाबि छ।

प्रवक्ता पाण्डेकाअनुसार सम्मेलनले विवेकशील नेपालीको केन्द्रीय समितिका अध्यक्ष र उपाध्यक्ष मध्ये एक, महासचिव र कोषाध्यक्ष मध्ये एक र दुई सचिव मध्ये एक गरी ६ प्रमुख पदहरुमध्ये कम्तीमा ३ जना महिला प्रत्यक्ष रूपमा निर्वािचत हुने सुनिश्चित गरेको छ । त्यसैगरी, संघीय समितिमा महिला सहभागिता कम्तिमा ३७.८४ प्रतिशत र अन्य समावेशी सहभागिता कम्तीमा २१.६२ प्रतिशत गरि ५९.४६ प्रतिशत समावेशिता सुनिश्चित गरेको छ ।

केन्द्रीय समिति बढीमा ९९ जना रहनेछ जसमा पदाधिकारी सहित ७४ जना प्रत्यक्ष रूपमा निर्वा्चित हुनेछन् भने अधिकतम् २४ जना मनोनित हुनेछन् । यस समितिमा सैद्धान्तिक रूपमा शत प्रतिशत नै महिला नेतृत्व निर्वा्चित हुनसक्ने मार्ग पनि खुला नै रहेकोले यो नेपाली राजनीतिमा लैंगिक समावेशिताको दृष्टिले आफैंमा ऐतिहासिक निर्णय हो भन्ने पार्टीको ठहर रहेको पाण्डेले बताए।

निर्वा्चित हुने सदस्यहरूमा खुला रूपमा निर्वा्चित हुने, प्रदेशबाट निर्वा्चित हुने तथा समावेशी समूहबाट निर्वा्चित हुने सदस्यहरू रहनेछन् । साथै, १८ देखि २१ वर्ष उमेर समूहका फरक लिंगका दुई जना सदस्यहरू पनि केन्द्रीय समिति सदस्यमा निर्वा्चित हुने व्यवस्था गरिएको छ ।

त्यसैगरी पार्टीको कार्य सञ्चालनमा सदस्यको सार्वभौम अधिकार सुनिश्चित गरी हरेक निर्वा्चित तह वा पदाधिकारीलाई सदस्यको प्रत्यक्ष सहभागितामा विराट सभामार्फत फिर्ता बोलाउन सक्ने अधिकारको व्यवस्था गरिएको छ ।

पार्टीको राजनीतिक दस्तावेजका सम्बन्धमा हाललाई समयसापेक्ष सुधारमार्गमा अघि बढ्ने र विचारको बहसलाई खुला राख्दै समयक्रममा अझै परिष्कृत लोकतान्त्रिक मूल्य मान्यतायुक्त पार्टी निर्माणमा जुट्ने तय भएको र पार्टीले विवेकशील नागरिक, उद्यमशील समाज, सेवक सरकार एवं हितकारी राज्यको अवधारणालाई अघि बढाउने विवेकशीलले जनाएको छ।

नीति अधिवेशनबाट दलको राष्ट्रिय सम्मेलन २०७६ कार्तिक १ र २ जनकपुरमा गर्ने र नवनिर्वाचित पदाधिकारी तथा सङ्घीय समितिको सपथ ग्रहण लुम्बिनीमा गर्ने पनि तय भएकाे छ ।
डिसी नेपाल