८ बैशाख २०८१, शनिबार
Follow Us

आइफा अवार्डलाई पैसाँ दिने निर्णय सरकारले नगरेको खुलासा

नेपालब्रिटेन डट कम्
१६ असार २०७६, सोमबार ०७:५४

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा गर्न दिने सरकारले निर्णय गरेको भएपनि बजेट भने नछुट्याइएको स्पष्ट पारेका छन् ।

चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले आइफाले नेपालमा कार्यक्रम गर्ने भनेर ठाउँ मागेकाले ठाउँ उपलब्ध गराउने निर्णय गरिएको उल्लेख गर्दै यस्तै कार्यक्रम गर्न हलिउडले प्रस्ताव ल्याए पनि सरकार सकारात्मक रहेको बताए । उनले आइफा नेपालमा भर्दा देशलाई घाटा नहुने भन्दै देशकै प्रचारप्रसारमा सहयोग पुग्ने पनि दाबी गरे ।

सञ्चारकर्मी र सञ्चारकर्मीको कडा आलोचना गर्दै उनले पत्रकारहरुमाथि भरोसा नै हुन छाडेको बताए । ‘पत्रकारमाथि भरोसा नै हुन छाड्यो । आफूले बोलेको कुरा आफैं रेकर्ड राख्नुपर्ने भयो’ उनले भने, ‘पत्रकारको समाचार लेख्ने ढंग छैन।’

उनले खोजमूलक पत्रकारिता गर्न पनि सञ्चारकर्मीलाई सुझाव दिन भ्याए । सरकारले जे गरेपनि खाली आलोचना मात्रै हुने गरेको गुनासो गर्दै उनले काँग्रेसलाई रुखको टुप्पोमा बसेर जरो हल्लाएँ भन्ने भ्रममा नपर्न सुझाव दिए ।