८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन युकेको निर्वाचन: बिन्तिपत्र मार्फत निर्वाचन आयुक्त छानिने

नेपालब्रिटेन डट कम्
१६ असार २०७६, सोमबार १३:५५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले निर्वाचनमा जातीय तथा राजनैतिक प्यानल नबनाउन आग्रह गरेको छ ।
आगामी सेप्टेम्वरमा संघको निर्वाचन हुँदै गर्दा यस्तो निर्णय गरिएको छ । एनआरएन केन्द्रले जारी गरेको विधानमा एनसीसी निर्वाचनमा कुनैपनि राजनीतिक तथा जातीय प्यानल बनाउन रोक लगाएको छ ।

आइतवार सम्पन्न बैठकको निर्णयअनुसार निर्वाचन समितिमा बस्न चाहने व्यक्तिहरुले संघको अध्यक्ष योग कुमार फगामी समक्ष आवेदन दिनुपर्ने भएको छ ।

संघका महासचिव राजकुमार त्रिपाठीका अनुसार समितिमा बस्न इच्छुकहरुले निर्वाचन समितिमा बसेर काम गरेको अनुभव सहित आफ्नो निवेदन पेश गर्नु पर्ने छ ।

संघको पछिल्लो निर्णय परम्परा र विधि विपरित भएको कतिपयले बताएका छन् । संघमा यसअघि निर्वाचन समितिको गठन कार्यसमितिको पूर्ण बैठकले गर्ने चलन थियो ।

संघको पछिल्लो निर्णयलाई कतिपयले राजकिय शैलीको रुपमा लिएका छन् ।

संघको निर्वाचन प्रकृया शुरुभए पनि निर्वाचन समिति गठन नगरेर कार्यसमिति विवाद उन्मुख रहेको छ ।

यस्तै संघको विधान संशोधनको लागि समेत विधान संशोधन समितिका बस्न चाहने व्यक्तिसँग आवेदन मागेको छ ।

बैठकले सदस्यताबाट प्राप्त प्रति सदस्य ५० पेन्स् हिमाल आरोही निर्मल पुर्जालाई दिने निर्णय गरेको छ । यस्तै बैठकले एक एनसीसी एक परियोजना अन्तरर्गत भरतपुर नगरपालिकामा एम्वोलेन्सको लागि आर्थिक संकलन गर्ने निर्णय गरेको छ ।

बैठकले संघको निर्वाचनमा भाग लिन चाहने व्यक्तिहरुको सदस्यता र शुल्क ३१ जुलाई भित्र अनिवार्य पेश गर्न आग्रह गरेको छ ।