७ बैशाख २०८१, शुक्रबार
Follow Us

आरजीएनएसमा नयाँ नेतृत्व

नेपालब्रिटेन डट कम्
१६ असार २०७६, सोमबार १४:५२

लण्डन । लण्डनको ग्रीनवीच क्षेत्रमा बस्ने नेपालीहरुको संस्था रोयल ग्रीनवीच नेपाली सोसाइटी ( आरजीएनएस) मा नयाँ कार्यसमिति चुनिएको छ ।

आइतबार प्लमस्टिडमा सम्पन्न संस्थाको अधिवेसनले शर्मिला हिराचनको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको हो । यसअघिको कार्यसमितिकी उपाध्यक्ष हिराचनले आगामी दुई वर्षको लागि नेतृत्वको जिम्मेवारी पाएकी हुन् ।

नयाँ कार्यसमितिमा जित रानाभाट र लिलादेवी गुरुङ उपाध्यक्ष छन् भने महासचिवको जिम्मेवारीमा मञ्जु खरेल भण्डारी छन् । ज्योत्सना बस्नेत सचिव, कुमार जोशी कोषाध्यक्ष र श्रद्धा थापा सहकोषाध्यक्ष बनेका छन् । कार्यसमितिका सदस्यहरुमा तिलकराम भट्टराई, अञ्जना थापा, चक्रबहादुर राना, रुद्र गौतम, खेम शर्मा र समिर भट्टराई छन् ।

नवनिर्वाचत कार्यसमितिको अध्यक्ष, एक उपाध्यक्ष, महासचिव, सचिव र सहकोषाध्यक्ष महिला छन् । कार्यसमितिका ७ पदाधिकारीमध्ये ५ जना महिला छन् भने १३ सदस्यीय सिंगो टीममा महिलाको संख्या ६ छ ।

संस्थाका संस्थापक अध्यक्ष कुमार श्रेष्ठले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुलाई शपथग्रहण गराएका थिए ।

नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि पशुपतिनाथ मन्दिर लण्डनका अध्यक्ष नरेन्द्र कंडेल, एनआरएन आइसिसी अनररी सदस्य एवम आरजिएनएसका वरिष्ठ सल्लाहकार मोहन गुरुङ, डायमण्ड बुद्धिस्ट सेन्टर अध्यक्ष सुमलकुमार गुरुङ, एनआरएन आइसिसी सदस्य रामशरण सिम्खडा, एनआरएन यूके महासचिव प्रत्यासी फडिन्द्र भट्टराई, आरजिएनएसका संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, पशुपतिनाथ मन्दिरका निवर्तमान अध्यक्ष सहदेव गिरी, निर्वाचन समितिका संयोजक एलएन पाण्डे, विधान समितिका अर्कराज तिम्सिना र सहदेव गिरी लगायतले शुभकामना दिएका थिए ।

निवर्तमान कार्यसमितिका अध्यक्ष हरिगोविन्द गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेसनमा संस्थाका वार्षिक तथा आर्थिक प्रतिवेदनहरुलाई छलफलपछि पारित गरिएको थियो ।