१४ बैशाख २०८१, शुक्रबार
Follow Us

डार्टफोर्ड नेपाली समाजले गर्यो अन्तर सामुदायिक सांस्कृतिक कार्यक्रम

नेपालब्रिटेन डट कम्
१६ असार २०७६, सोमबार १४:५५

डाटफोर्ड । डाटफोर्ड नेपाली समाजको पहलमा स्थानीय समुदायहरुको सहभागितामा अन्तर सामुदायिक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

डार्टफोर्डको टेम्पल हिल कम्युनिटी हलमा आइतबार सम्पन्न कार्यक्रममा नेपाली, भारतीय, केन्याली र फिलिपिनो गरि ४ विभिन्न देशका १० वटा नृत्य तथा गीत प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा काउन्सिलरहरु क्रिस शिप्पम, रिचर्ड वेल्स, टम म्याडिसन र अलिना गस्किन तथा एनएचएसका तर्फबाट जेनी सोलोमन उपस्थित थिए ।साथै केन्ट पुलिसका तर्फबाट सुकी रान्ध्वा, सोनी रान्ध्वा तथा अभरिल मुरको समेत उपस्थिति थियो ।

नेपाली भाषा पाठशालाका विद्यार्थीहरुद्वारा प्रस्तुत नेपाली राष्ट्रिय गान तथा ब्रिटिश राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा एलिना पौडेलले यो हो मेरो माइतिघरु बोलको गीतमा उत्कृष्ट नृत्य प्रस्तुत गरेकी थिइन् भने काठमाडौं उपत्यकाको मौलिक परम्परा झल्कने नेवारी नृत्य रीतिका श्रेष्ठले प्रस्तुत गरेकी थिइन् ।

फिलिपिनो गायक जोसेलितो बालुङेको गीतले सबैलाई मन्त्रमुग्ध पारेको थियो भने वृष्टी घिमिरेकोफूलको आँखामा फूलै संसार ले आनी छोइङ डोल्माको शान्ती र सौम्यको गीतलाई सम्झायो। केन्याका कलाकारहरुको नृत्य तथा गीत बेजोडको थियो भने साश्र्रिक कर्कीको ुयो नेपाली ठिटो बोलको गीतको नृत्य नेपाली शान र मानको परिचायक बन्यो ।

साउथ इन्डियाको कला र संस्कृति झल्कने नृत्य भारत नाट्यम टोलीका कलाकारहरुले प्रस्तुत गरेका थिए । नेपाल र भारत लगायतका अन्य देशहरुमा समेत मनाइने कृष्णचरित्रसँग सम्बन्धित प्रस्तुतिले सबैलाई आनन्दित परेको थियो । महिमा र नोबल पराजुलीको नृत्य बेजोड रह्यो भने अन्त्यमा समाजका सदस्य सुनिता गौतमले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि काउन्सिलका डेपुटी लिडर क्रिस शिप्पमले कलाकारहरुलाई प्रमाणपत्र वितरण गरे । उनले कार्यक्रमबाट विभिन्न संस्कृतिहरुलाई एक ठाउँमा ल्याएर समाजमा भाईचाराको अभिवृद्धि गराउने काम भएको भन्दै आगामी दिनहरुमा यो निरन्तर रहोस् भन्ने शुभेक्षा व्यक्त गरे।

डार्टफोर्ड वरपरका करीब १ सय नेपालीको उपस्थिति रहेको कार्यक्रममा काउन्सिल, केन्ट पुलिस लगायत भारतीय, केन्याली, फिलिपिनो समुदायबाट समेत सहभागिता थियो ।

डाटफोर्ड नेपाली समाजका अध्यक्ष दिपक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो सत्र महासचिव वेद भट्टराई तथा दोस्रो सत्र निकिता खरेल र सम्राट कोइरालाले सञ्चालन गरेका थिए । उपाध्यक्ष गजेन कटुवालले स्वागत मन्तव्य दिएका थिए ।