७ बैशाख २०८१, शुक्रबार
Follow Us

संखुवासभा प्रकरणमा विप्लव समूहले के भन्यो ?

नेपालब्रिटेन डट कम्
१६ असार २०७६, सोमबार १६:०२

काठमाडौं–प्रतिबन्धित विप्लव समूहले शान्ति र लोकतन्त्रको कुरा गर्ने सरकारले आफ्ना पार्टीका कार्यकर्तामाथि दमन गरेको भन्दै निन्दा गरेको छ ।
‘एकातिर शान्ति र लोकतान्त्रका कुरा गर्ने तर अर्कातिर शान्ति र राजनीतिक कार्यक्रममा हिँडेका नेकपाका नेता कार्यकर्तालाई दमन गर्ने, गोली प्रहार गर्नेजस्ता सरकारको दमनकार्य निन्दनीय छ’, पार्टी प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संखुवासभा जिल्लाको सिलिचुङ १ मा सोमबार शान्तिपूर्ण राजनीतिक कार्यक्रममा जनताको घरमा बास बसिरहेको नेता कार्यकर्तामाथि प्रहरी दमन भएको विज्ञप्तिमा उल्लेख छ । यद्यपि सो क्रममा कुनै मानवीय क्षति भने भएको छैन।
सरकारले दमनको सिलसिला नरोके पार्टीले शक्तिशाली प्रतिरोध गर्ने चेतावनी समेत विज्ञप्तिमार्फत दिइएको छ । यसबाट उत्पन्न परिस्थितिको प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डसहित गृहमन्त्री रामबहादुर थापा बादल जिम्मेवार हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।